Play

यस बर्षको नन्दप्रसाद-जानुका स्मृति सम्मानबाट शिक्षासेवी आत्माकृष्ण श्रेष्ठ सम्मानित हुँदै

गुरुकुल खबर


काठमाडौँ, यस वर्षको नन्दप्रसाद जानुका स्मृति सम्मानबाट शिक्षासेवी इञ्जिनियर आत्माकृष्ण श्रेष्ठ सम्मानित हुने भएका छन। नन्दप्रसाद जानुका फाउण्डेशनले २५ हजार नगद र सम्मानपत्रसहित प्रत्येक वर्ष प्रदान गर्दै आएको नन्दप्रसाद जानुका स्मृति सम्मान – २०८३  दोलखाको शैक्षिक एबम  अन्य क्षेत्रको विकासमा क्रियाशील श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको फाउण्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीले गुरुकुल खबरलाई जानकारी दिए।

नेपाल सरकारको सहसचिव पदबाट सेवा निवृत भएका ८८ वर्षीय श्रेष्ठ गौरीशंकर बहुमुखी क्याम्पस चरीकोटका संस्थापक तथा अध्यक्ष, गौरीशंकर सामुदायिक पुस्तकालय चरीकोटका संस्थापक तथा अध्यक्ष, सिंगटी सामुदायिक अस्पताल सिंगटीका संस्थापक तथा अध्यक्ष समेत हुन । उनले दोलखा विकास मञ्चका संस्थापक अध्यक्ष, विभिन्न विद्यालयमा स्थापना भएका रूपा स्मृति पुस्तकालयका संस्थापक,रूपा फाउण्डेशनका संस्थापक, दोलखा लायन्स क्लबका पूर्व अध्यक्ष र दोलखा गुठीका अध्यक्ष समेत रहेर काम गरेका छन ।

साविकको पूर्व २ नम्बर अन्तर्गत क्षेत्र नम्बर ११ अर्थात् हालको दोलखा जिल्लाको शैक्षिक अगुवा, सामाजिक तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद शिवाकोटी तथा उनकी धर्मपत्नी जानुका शिवाकोटीको नाममा स्थापित नन्दप्रसाद जानुका फाउण्डेशनले विभिन्न सामाजिक काममा समेत गर्दै आएको छ । आगामी भदौ ४ गते नन्दप्रसाद शिवाकोटीको जन्म जयन्तीको अवसरमा काठमाडौँमा आयोजना हुने कार्यक्रममा श्रेष्ठलाई सम्मान गरिने भएको छ ।

फाउण्डेशनले दोलखाको शैक्षिक उन्नयन तथा सामाजिक रुपान्तरणका माध्यमबाट समुन्नत दोलखा बनाउने अभियानमा लाग्ने व्यक्तिहरूलाई सम्मानित एवं पुरस्कृत गर्दै आएको छ । २०८२ सालको नन्दप्रसाद जानुका स्मृतिसम्मानबाट शिक्षासेवी मिलनराज तुलाधर सम्मानित भएका थिए भने २०८१ सालमा पत्रकार शम्भु गौतमलाई सम्मान गरिएको थियो।

२८ असार २०८३, आईतवार १७:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा