Play

सुकुम्बासीलाई आश्वासन दिन मन्त्रीहरुको जम्बो टोली खरिपाटीस्थित होल्डिंग सेन्टरमा, संचारकर्मीलाई प्रतिबन्ध

गुरुकुल खबर


काठमाडौँ, गृहमन्त्री सुधन गुरुङ सहित सरकारका मन्त्रीहरूको टोलीले आइतबार भक्तपुरस्थित खरिपाटी र बोडेमा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेको छ। सुकुम्बासीहरूको जीवनयापन, उनीहरूले भोगिरहेका समस्या र सरकारी सुविधाको अवस्थाबारे जानकारी लिने उद्देश्यले टोलीले उक्त स्थानको निरीक्षण गरेको हो।

किर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीहरुलाई भक्तपुरको खरिपाटीस्थित होल्डिंग सेन्टरमा स्थानान्तरण गरिएको हो सुकुम्बासीहरुलाई राखिएको ठाउँमा सरकारका मन्त्री र सरकारले खटाएका व्यक्तिहरु बाहेक संचारकर्मीहरुलाई समेत प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ ।

अनुगमन टोलीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता, सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेल तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव सहभागी थिए।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले होल्डिङ सेन्टरमा बस्दै आएका नागरिकहरूको सुरक्षा र अवस्थाबारे जानकारी लिँदै यसको व्यवस्थित व्यवस्थापनका लागि मन्त्रालयहरूबीच समन्वय आवश्यक रहेको बताए। सो अवसरमा भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले ठोस योजना अघि बढाउने तयारी गरिरहेको जानकारी दिए।

यसैगरी, स्वास्थ्यमन्त्री निशा मेहताले सेन्टरमा बसोबास गर्नेहरूको स्वास्थ्य अवस्थाबारे चासो राख्दै आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराउन निर्देशन दिएकी थिइन् भने शिक्षामन्त्री सस्मित पोख्रेलले बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए।

श्रममन्त्री रामजी यादवले उनीहरूको जीविकोपार्जनका लागि रोजगारीका अवसर र सीपमूलक कार्यक्रममा जोड दिएका छन्। मन्त्रीहरूको टोलीले स्थलगत निरीक्षणपश्चात् सेन्टरमा देखिएका समस्याहरूलाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता जनाएको छ।

२८ असार २०८३, आईतवार १७:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा