Play

मोटरसाइकलमा व्हिललक् र १० हजार जरिवानाको कारण आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन

गुरुकुल खबर


काठमाडौँ, काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिक बिहीबार पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु भएको छ ।  शरिरको करिब ६० प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बताए ।

पठाओ चलाउने गरेका गणेश मोटरसाइकलमा नै रहेको बेला गलत ठाउँमा पार्किन गरेको भन्दै प्रहरीले व्हिललक् लगाएपछि सामन्य मतभेद भएको र त्यसपछि १० हजार जरिवाना सहितको चिट काट्ने भनिएपछि गणेशले आंफ्नो मोटरसाइकलको पेट्रोल झिकेर शरीरमा आगो लगाएका थिए त्यसपछि गम्भीर घाइते अबस्थामा उनलाई अस्पतालमा लागिएको थियो

गणेशका दाइ मदनले अस्पतालले भाइको निधन भएको जानकारी दिएको बताए । अस्पतालले भने निधनको औपचारिक घोषणा गर्दै रहेको बुझिएको छ।

प्रधानमन्त्रीको सचिवालयका सल्लाहकारसहित दुई जना अस्पतालमा मृतक परिवारसँग समन्वय गरिरहेका छन् । हालै नियुक्त न्याम्सका पदाधिकारीहरु कुलपति, रेक्टर, रजिस्ट्रार र अस्पतालका निर्देशकसँग पनि उनीहरु छलफलमा रहेको अस्पतालका एक कर्मचारीले बताए । अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटर साइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि शुक्रबार दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए ।

२६ असार २०८३, शुक्रबार १२:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा