Play

पोखरा मिडटाउन रोटरीको रजत जयन्ती तथा संगीता नेतृत्वको कार्यसमितिको पदस्थापन

गुरुकुल खबर


पोखरा, रोटरी क्लब अफ पोखरा मिडटाउनले आफ्नो स्थापना कालको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती साथै आगामी कार्यकाल २०२६/२७ को लागि संगीता तिमिल्सिना अध्यक्ष रहेको नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ। क्लबका बर्तमान अध्यक्ष निवर्तमान अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले गाभेल, चार्टर प्रमाणपत्र तथा अध्यक्षीय कलर हस्तान्तरण गरी अध्यक्षपदको नेतृत्व औपचारिक रूपमा हस्तान्तरण गरेका थिए भने सङ्गीता तिमिल्सिनाले अध्यक्षको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी थिईन ।

कार्यक्रमका प्रमुख अतिथि रोटरीका डिस्ट्रिक्ट गभर्नर इलेक्ट डा. आईपी ढकाल, विशेष अतिथि नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. जगन्नाथ रेग्मी लगायतले रोटरीले गरेका बिभिन्न गतिविधिको बारेमा चर्चा गरेका थिए । डिस्ट्रिक्ट गभर्नर इलेक्ट डा. ढकालले अध्यक्षको पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । सोहि अवसरमा रोटरी क्लब अफ पोखरा मिडटाउन डायरी २०२६–२७ को समेत विमोचन गरिएको थियो।

विशेष अतिथि प्रा डा. जगन्नाथ रेग्मी, सहायक गभर्नर टुबराज बास्तोला तथा प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर इलेक्ट डा. आईपी ढकालले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै रोटरीको मूल मन्त्र ‘सेवा नै सर्वोपरि’ लाई व्यवहारमा उतार्न सबैसंग आग्रह गरे । कार्यक्रमको प्रारम्भमा क्लबका अध्यक्ष इलेक्ट नवराज तिवारी, समीर बराल, रोटरी क्लब अफ पोखरा मिडटाउनका पूर्व अध्यक्ष सन्तोष पोखरेल, अर्का पूर्वअध्यक्ष कृष्ण घिमिरेले अतिथिहरु एबम अध्यक्षको परिचय गराएका थिए ।

कार्यक्रममा क्लबका सचिव शिवहरि आचार्यले रोटरी वर्ष २०२५–२६ मा सम्पन्न भएका गतिविधि तथा उपलब्धिहरू समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने निवर्तमान अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले आफ्नो कार्यकालको समीक्षा गर्दै बोर्ड सदस्यहरू तथा सम्पूर्ण रोटरियनहरूको योगदानको प्रशंसा गरेका थिए। कार्यक्रम संयोजक एबम पूर्व अध्यक्ष पुरन कुँवर र अर्का पूर्व अध्यक्ष महेन्द्र गोदारले पनि संस्थाको गतिबिधिबारेमा चर्चा गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष सङ्गीता तिमिल्सिनाले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै आगामी वर्ष समुदायमुखी सेवा, युवा सशक्तीकरण, व्यावसायिक उत्कृष्टता, वातावरणीय संरक्षण तथा दिगो विकासका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन ।

समारोहमा समाज तथा पेशागत क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै इन्जिनियर बिमल बास्तोलालाई भोकेशनल अवार्ड प्रदान गरिएको थियो। साथै ज्येष्ठ नागरिक सम्मान तथा शैक्षिक उत्कृष्टता हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । पुरस्कार ग्रहणपछि बोल्दै इन्जिनियर बिमल बास्तोलाले दिगो विकास, सामुदायिक सहभागिता तथा जिम्मेवार नेतृत्वको आवश्यकता औंल्याए।

२२ असार २०८३, सोमबार ०९:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा