Play

कलाकार बिके र श्रेष्ठलाई ५०/५० हजारको कलाक्रान्ति अवार्ड, सञ्चारकर्मी सहित अन्य कलाकारलाई सम्मान सम्मानित

गुरुकुल खबर


खोटाङ, नगेन आर्ट एकेडेमीले खोटाङमा आयोजित एक समारोहका बीच कलाकार तथा सञ्चारकर्मीलाई सम्मान गरेको छ । खोटाङमा सञ्चालन भैरहेको मझुवागढी मूर्ति कार्याशाला समेतको सन्दर्भ पारेर उहाँहरूई सम्मान गरिएको हो । कलाकारिताका क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै संस्थाले ललितकला डायमन्ड वर्ष व्यक्तिका रुपमा भुवन थापालाई सम्मान गरेको छ ।

त्यस्तै ललितकला डायमन्ड वर्ष पुरुषका रुपमा नरबहादुर विके र ललितकला डायमन्ड वर्ष नारीका रुपमा इन्दिरा श्रेष्ठ (कमला)लाई जनही ५०/५० हजार रुपैयाँ नगद सहित सम्मान गरिएको हो । त्यस्तै ललितकला डायमन्ड वर्ष समिक्षकका रुपमा रासस वागमति प्रदेश प्रमुख वासुदेव पौडेल, कला क्रान्ति वर्ष मूर्तिकारका रुपमा केडि देवान, सुष्मा रुेष्ठ, कृष्ण चौलागाई, चित्रबहादुर थापा मगर(सुमन), धिरज राई र गोपी श्रेष्ठलाई सम्मान गरिएको छ । त्यस्तै एम एफ हुसैन इन्टरनेशनल अवार्डबाट भारतको कलकत्ताका सर्फुदिन अहमदलाई सम्मान गरियो ।

खोटाङको दिक्तेल रुपाकोट मजुुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, नेपाललाई विश्व उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअचियानका निर्देशक एवम् कार्यक्रमका सभापति नकुल सिंह, विश्व कलायात्री प्राज्ञ नगेन सिंह लगायतले उनिहरलाई सम्मान गरेका थिए । कार्यक्रममा नगरपालिका प्रमुख भट्टराईले कला क्षेत्रको समुन्नति हुनुपर्छ भन्ने सोचका साथ नगरपालिकाले कला क्षेत्रलाई प्रातमिकतामा राखेको बताए ।

विश्वकला यात्री प्राज्ञ नगेन सिंहले कला क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई प्रोत्साहन गर्ने किसिमले २०६४ सालबाट यो कार्यक्रम सञ्चालन गर्दै आइएको जानकारी दिए । सम्मानित व्यक्तित्वका तर्फबाट रासस बागमती प्रदेश प्रमुख वासुदेव पौडेल, कार्यक्रमका सभापति नकुल सिंह लगायतले कलाकारहरू समाजमा सम्मानपूर्वक वाँच्न पाउने किसिमका कार्यक्रमहरू राज्यको प्राथमिकतामा पर्नुुपर्ने बताउनुुभयो ।

यसैबीच कलाकारका लागि कलाकार अन्तराष्ट्रिय खुला अनलाइन कला प्रतियोगिताअन्तर्गत एम एफ हुसेन इन्टरनेशनल अवार्डबाट अन्तराष्ट्रिय कलाकार सर्फुदिन अहमद पुरस्कृत भएका छन । नगेन न्युज पब्लिकेशनले ‘न प्रायोजक, न समर्थक, न प्रवर्द्धनकर्ता मात्र कलाकारका लागि कलाकार’ भन्ने नाराका साथ हरेक वर्षको नाम, मूल्य र सम्मान दिने उद्देश्यले वर्षमा एक पटक अन्तर्राष्ट्रिय खुला कला अनलाइन प्रतियोगिता तथा प्रदर्शनी आयोजना गर्दै आएकोमा यस पटक  कलाकार सर्फुदिन अहमदलाई पुरष्कृत गरिएको हो ।

पब्लिकेशनका अध्यक्ष ज्योति हमालले कलाको समृद्धि, विकासका लागि कलाकार र कलाकार भएको बताउँदै कलाकृति बिक्रीबाट प्राप्त हुने आम्दानीको ७० प्रतिशत कलाकार आफैं, १० प्रतिशत पुरस्कार, १० प्रतिशत कल्याणकारी कार्यक्रम र १० प्रतिशत स्मारिकालाई दिइने जानकारी दिईन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभासद् नगेन सिंह ठकुरीले कोरोना महामारीका बेला कलाकारका बारेमा कसैले केही नगरेकाले सामाजिक सञ्जालबाट केही गर्नका लागि ‘कलाकारका लागि कलाकार’ प्रतियोगिता तथा प्रदर्शनी आयोजना गरिएको बताए ।

२२ असार २०८३, सोमबार ०८:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा