Play

तमुधिं स्याङ्जाको वार्षिकोत्सव, लक्ष्मी र हुमकुमारीद्वारा अक्षयकोषको लागि एक लाख बढी हस्तान्तरण

गुरुकुल खबर


स्याङ्जा, तमु जातिको अग्रणी सामुदायिक संस्था तमु धिं नेपालको स्याङ्जा जिल्ला समितिको प्रथम वार्षिकोत्सव सोमबार पुतलीबजार नगरपालिका वडा ३ मजुवास्थित तमु (गुरुङ) समाजमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेस सभा सदस्य एबम पुर्वमन्त्री पन्चराम गुरुङले तमुहरु बिच एकता, सकृयता, सचेतता बिना अग्रगतिमा लाग्न नसक्ने बताए।

तमुहरु अब अरुले अधिकार दिएन, पछि पारे, हामी राज्यबाट ठगियौं भन्ने मानसिकताबाट माथि उठेर सबै तमुहरु एक भइ अधिकार खोसेर लिनुपर्ने बताउनुभयो। राज्यबाट अझै असमानता छ, चाहे बिकास निर्माण होस वा सेवा सुविधा होस तर अबको समय हामी गुरुङहरु एकतावद्ध भयौं भने सबै विभेदहरु अन्त्य हुनेमा उनले जोड दिए।

तमु धिं नेपाल केन्द्रिय समितिका अध्यक्ष हुमबहादुर गुरुङले तमु धिं नेपाल तमुहरुको एकता, तमु जातिको भाषा, कला, संस्कार संस्कृति संरक्षण बिकास, अग्रगतिको लागि स्थापित भएकाले दुख सुखमा सधै तमुहरु कै साथमा रहेको बताए । ‘तमु एकताका लागि तमु धिं नेपाल सधै तयार छ, संस्थाको नाममा कसैले अहमता र संकुचित भावनाबाट ग्रसित हुनुहुदैन, विशाल भावना असल मनसाय आवास्यक छ’ उनको भनाई थियो।

तमु धिं नेपाल केन्द्रिय सदस्य कृष्ण कुमार गुरुङले तमु धिं नेपाल एकताका निम्ती इमान्दारपुर्वक अघिबढेको र एकताकै लागि संगठन बिस्तार अभियानलाई लामो समयदेखि स्थगन राखेकोमा अब पहिलो चरणमा तमुवान भुमि गण्डकी प्रदेसलाई संगठित गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा अघि बढ्ने बताए।

तमु धिं नेपाल र तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदको एकताको प्रक्रिया बारेमा चर्चा गर्दै उनले तमु एकतामा तमु धिं नेपाल इमान्दार छ,यदि रहेन भने आफुले संस्थामा बिद्रोह गर्ने र तमु ह्युल छोंज धिं भित्रका इमान्दार तमुहरुले पनि विद्रोह गर्ने आँट गर्नुपर्ने बताए ।

तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय सदस्य रबिन गुरुङले तमु एकता लागि सबै संस्था सकरात्मक हुनुपर्ने भन्दै तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदभित्र आफुहरुले एकतालाई सार्थकता बनाउन बारम्बार जोड दिइरहेको स्पष्ट पारे।  एकताकै चरणमा तमु धिं नेपालको स्याङ्जाको गतवर्षको भेलामा अवरोध र जापानको घटना दुखदायी भएको उनको भनाई थियो।

तमु धिं नेपाल संरक्षक परिषद सहसंयोजक वरिष्ठ समाजसेवी मेजर लक्ष्मीप्रसाद गुरुङले तमु र भुपु सैनिकहरुको एकताले गुरुङ समुदाय अग्रगतिमा लाग्नसक्ने भएकाले आफुहरुको पहलमा गोर्खा कम्युनिटी पोखरा लगायतको संस्था स्थापना गरेको बताउनुभयो।

तमु धिं नेपाल स्याङ्जा जिल्ला समिति सधै सकृयतापुर्वक अघि बढ्नका लागि मेजर लक्ष्मीप्रसाद गुरुङ र धर्मपत्नी तमु धिं केन्द्रिय समिति सदस्य हुमकुमारी गुरुङको तर्फबाट १ लाख १ हजार ११५ रुपैयाको अक्षयकोष रकम हस्तान्तरण गरिएको थियो। स्थापना दिवसको अवसरमा वार्षिक दश हजार रुपैया सहयोग गर्ने घोषणा समेत उनले गरेका छन।

तमु धिं युकेका संस्थापक सल्लाहकार एवम गोर्खा स्मारक ट्रष्ट साल्मेडाडाका संयोजक डा. चन्द्र बहादुर गुरुङले तमु भाषा संरक्षणका लागि सबै तमुहरुले मातृभाषा बोल्ने र तमु क्युईको संरक्षण र विकासका लागि तमु धिं स्याङजाले प्राथमिकता दिनुपर्ने बताए।

तमु धिं नेपाल कास्की जिल्ला समिति अध्यक्ष प्रेमबहादुर गुरुङले तमुहरुको संस्थागत एकता आवाश्याकतामा जोड दिए। कोल्मा बहाकोट तमु समाज पोखराका अध्यक्ष पुर्णबहादुर गुरुङले तमु धिं नेपाल स्याङजा जिल्ला समिति गठनको समयमा योजनाबद्ध घटना फेरि नहोस भन्ने कामना गरे।

तमु(गुरुङ) समाज स्याङ्जाको अध्यक्ष अण बहादुर गुरुङले तमुहरुको दुख सुखमा एकै थलोमा रहनुपर्ने बताए। च्याम्बर अफ कमर्श स्याङ्जाको अध्यक्ष श्रीबहादुर गुरुङले तमुहरुको समृद्धिको लागि आफ्नो साथ रहने बताए। तमु (गुरुङ) समाज स्याङ्जाका महासचिव डिवी गुरुङले समेत बोलेको उक्त कार्यक्रममा तमु धिं नेपाल स्याङ्जा जिल्ला समिति सहसचिव गायिका ममता गुरुङ, तमु धिं नेपाल केन्द्रिय युवा समिति सचिव गायक रामप्रसाद गुरुङ र गायिका निसा गुरुङ, तमु धिं नेपाल बिध्यार्थी समिति, तमु(गुरुङ) समाज स्याङ्जा र कोल्माबहाकोट तमु समाजका कलाकारहरुले बिबिध साँस्कृतिक प्रस्तुति गरी मनोरन्जन दिलाएका थिए ।

तमु धिं नेपाल स्याङ्जा जिल्ला समितिका अध्यक्ष बालकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष आइबहादुर गुरुङले स्वागत र सचिव जितबहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए।

९ असार २०८३, मंगलवार १०:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा