Play

रास्वपाका गण्डकी प्रदेशका नवनिर्वाचित सभापति त्रिपाठीलाई हेमजा लायन्सको सम्मान

गुरुकुल खबर


पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेश सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेमजाले सम्मान गरेको छ। क्लबले एक कार्यक्रम आयोजना गरि त्रिपाठीको नेतृत्व क्षमता, सामाजिक सक्रियता तथा सार्वजनिक जीवनमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै सम्मान गरेको जनाएको छ। त्रिपाठी लायन्स क्लब अफ पोखरा हेम्जाका निर्देशक समेत हुन्।

सम्मान ग्रहण गर्दै त्रिपाठीले प्राप्त सम्मानले आफूलाई थप जिम्मेवार र प्रेरित बनाएको बताउँदै समाज र राष्ट्रप्रतिको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरे। उनले लायन्स क्लबसँगको मित्रता, सहकार्य र सामाजिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ बन्दै जाने विश्वास व्यक्त गरे।

उक्त अवसरमा क्लबका सचिव कृष्णमान श्रेष्ठ तथा मनोज त्रिपाठीको जन्मदिनको अवसरमा विशेष शुभकामना आदान–प्रदान कार्यक्रम समेत सम्पन्न गरिएको थियो। कार्यक्रममा क्लबका अध्यक्ष दुर्गा प्रसाद पौडेल, संस्थापक अध्यक्ष तीर्थबहादुर थापा, निवर्तमान अध्यक्ष सन्तमान श्रेष्ठ, प्रथम उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ, पूर्व अध्यक्ष नवराज त्रिपाठी र विष्णुप्रसाद दाहालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू, पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

२ असार २०८३, मंगलवार ०७:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा