Play

कांग्रेसमा कारबाहीको डण्डा: बारा कांग्रेसका सभापति हटाइए, क्रियाशील सदस्यता अधाबधिक गर्ने कम भएपछि ७ दिन म्याद थप

गुरुकुल खबर


पोखरा, बिशेष महाधिबेशनबाट बनेको गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिबेशनबाट बनेका बारा जिल्ला कार्यसमितिका सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ । गत फागुन २१ गते भएकाे प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन सक्रिय भूमिका खेलेको र अनुशासन उल्लंघन गरेको भन्दै उनलाई  निलम्बन गरिएको हो ।

यसरि हेर्दा नेपाली काँग्रेसमा बिशेष महाधिबेशनबाट आएको नेतृत्वले पनि प्रतिशोधको राजनीति शुरु भएको कतिपयाको भनाई छ। अहिले पार्टीको वडा कार्यसमितिका सभापतिहरुलाई समेत क्रियाशील अधाबधिक गर्ननसकेको भन्दै ५० भन्दा बढी वडा सभापतिलाई जिम्मेवारी मुक्त गरेर अरुलाई नै जिम्मेवारी दिईएको बताइएको छ।

क्रियाशील सदस्यता अधाबधिक गर्ने अन्तिम समय जेठ २८ गतेसम्म थप 

पार्टीका बिभिन्न तहका नेताहरुलाई प्रतिशोधको आधारमा एबम सदस्यता अधाबधिक नगरेको बहानामा पार्टीको केन्द्रीय नेतृत्वले कारबाहीको डण्डा चलाउँदै गएपछि पार्टी झनै कमजोर बन्ने अनुमान धेरको छ। क्रियाशील सदस्यता अधाबधिक गर्ने प्रक्रियालाई लिएर पार्टीभित्र आन्तरिक बिबाद बढेको कारण क्रियाशील सदस्यको संख्या घटेर बिगतको तुलनामा ५० प्रतिशत भन्दा कम हुने देखिएको छ ।

अघिल्लो महिनासम्म क्रियाशील सदस्यता अधाबधिक गर्ने समयसीमा राखेको कांग्रेसले म्याद थप गरेर जेठ २१ भित्र अधाबधि गर्न र नगरेमा सदस्यता खारेज हुने निर्णय सार्बजनिक गरेको थियो । तर सदस्यता अधाबधिक गर्नेहरुको संख्या निकै कम भएपछि सदस्यता ब्यबस्थापन केन्द्रीय समितिको बिहिबार बसेको बैठकले यहि जेठ महिनाको २८ गते राति १२ बजेसम्मको लागि अन्तिम पटक म्याद थप गर्ने निर्णय गरेको छ।

बारा जिल्ला सभापति निलम्बनमा, तीनजना सांसदलाई सचेत गराउने निर्णय

यसैबीच नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बिहीबार बसेको बैठकले पार्टीका बारा जिल्ला सभापति यादवलाई अन्तिम निर्णय नहुन्जेलसम्मका लागि सभापति पदको कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

प्रतिनिधि सभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध लागेको भन्दै उनी विरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो ।उक्त उजुरीका आधारमा समितिले यादवलाई पहिलो पटक गत गत वैशाख ३० गते पाँच दिनको समय दिएर स्पष्टीकरण सोधेको थियो । तर, तोकिएको समयभित्र कुनै जवाफ नआएपछि पुनः जेठ १२ गते तीन दिनको समय तोकेर दोस्रो पटक स्पष्टीकरण माग गरिएको थियो

बारा जिल्ला सभापति यादवले त्यसको समेत बेवास्ता गरेको र दुई पटकसम्म स्पष्टीकरण सोध्दा पनि कुनै जवाफ नदिएपछि यस विषयमा थप अनुसन्धान गरी अन्तिम निर्णयमा पुग्नुपर्ने देखिएको अनुशासन समितिको ठहर छ ।

यसैगरी नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिलेले मधेस प्रदेशका तीनजना प्रदेशसभा सदस्यलाई सचेत गराउने निर्णय गरेको बुझिएको छ। बिहीबार बसेको समिति बैठकले सर्लाही जिल्ला क्षेत्र नम्बर २ का तीन जना प्रदेश सभा सदस्यहरूलाई समितिले सजगताका साथ पार्टीको जिम्मेवारी पूरा गर्न निर्देशन दिएको हो ।

निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायले आफूमाथिको आरोप निराधार रहेको भन्दै स्पष्टीकरण बुझाएका थिए। उनीहरूको स्पष्टीकरण चित्तबुझ्दो भए पनि समितिले आगामी दिनमा कुनै गुनासो नआउने गरी पार्टीको विधान र नियमावलीप्रति प्रतिबद्ध रही पदीय जिम्मेवारी निर्वाह गर्न उनीहरूलाई निर्देशन दिएको छ।

बाराका उपसभापति राउतलाई भने सफाइ

बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउतले भने अनुशासन उल्लङ्घनको आरोपबाट सफाइ पाएका छन् । उनले बुझाएको स्पष्टीकरण सन्तोषजनक रहेको र मिसिल संलग्न कागजात अध्ययन गर्दा थप कारबाही गर्नुपर्ने अवस्था नदेखिएको भन्दै समितिले उनलाई सफाइ दिने निर्णय गरेको हो

२१ जेष्ठ २०८३, बिहीबार २२:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा