तुलसीपुर, दाङको तुलसीपुरमा श्रीमान श्रीमती र उनीहरुको छोरा गरि तिन जना सवार रहेको मोटरसाइकलमाई टिपरले ठक्कर दिएर भएको दुर्घटनामा बाबु छोराको दुई जनाको मृत्यु भएको छ भने महिला घाइते भएकी छन ।
मृत्यु हुनेमा दाङको लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपाली रहेको प्रहरीले जनाएको छ
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले दिएको जानकारी अनुसार उक्त घटनामा मृतक मनोज नेपालीकी श्रीमती ३४ वर्षीया अमृता नेपाली घाइते भएकी छन् ।
आज सोमबार बिहान ६ बजे तुलसीपुरको गुल्म चोकमा रा १ ख २१९२ नम्बरको टिप्परले विपरीत दिशातर्फ गइरहेको रा ४ प ३३९० नं को मोटरसाइकललाई ठक्कर दिएको थियो उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक पराजुलीका अनुसार घाइते अमृताको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।














