Play

रास्वपाको पोखरा महानगर अधिबेशन: सभापतिमा केसी सहित २३ सदस्यीय समिति निर्बिरोध

गुरुकुल खबर


पोखरा, केन्द्रीय महाधिबेशनको तयारीमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरा महानगर समितिको प्रथम अधिबेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले पार्टीको पोखरा महानगर समितिमा नयाँ नेतृत्व चयन गरेर संगठनको संरचनालाई बिस्तार गरेको छ । जस अनुसार पार्टीको पोखरा महानगरसमितिको सभापतिमा योगेन्द्र केसी निर्बिरोध रुपमा अध्यक्षमा निर्बाचित भएका छन।

लामो समयदेखि यातायात ब्यबसायमा संलग्न केसी पोखराको पृथ्वीराजमार्ग बस संचालक समितिका पुर्व अध्यक्ष समेत हुन। बिगतमा बामपन्थी राजनीति र त्यसमा पनि नेकपा एमालेको राजनीतिमा क्रियाशील केसी केहि समय अगाडी राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका हुन। उनि आसन्न स्थानीय तहको निर्बाचन रास्वपाको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुखको समेत आकांक्षी रहेको बताइन्छ।

पार्टीको अधिबेशनबाट पोखरा महानगरसमितिको उपसभापतिमा संगीता गौतम तिमिल्सिना, सचिबमा कमल बानिया र सहसचिबमा सरिता शर्मा र कोषाध्यक्षमा विष्णुहरी तिमिल्सिनालाई चयन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। २५ सदस्यीय हुने महानगर कार्यसमितिमा २३ जना र्निबिरोध निर्वाचित भएको र २ जना अध्यक्षले मनोनयन गर्ने रास्वपा गण्डकीका महामन्त्री नवीन त्रिपाठीले जानकारी दिए।

अधिबेशनले पोखरा महानगर क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सदस्य र जिल्ला प्रतिनिधिहरुको पनि टुंगो लगाएको छ । दीपेन्द्र पोखरेल (वात्सह), कृष्ण प्रसाद भण्डारी, सोमनाथ अधिकारी र सञ्जीवभक्त अधिकारी प्रदेश सदस्य र राम बहादुर थापा, लक्ष्मी परियार, विजय विक्रम दाहाल र सीता चापागाईं जिल्ला प्रतिनिधि चुनिएका छन् ।

अधिबेशनको उद्घाटन समारोहमा रास्वपा प्रवक्ता मनिष झाले सरकारले ल्याएको बजेट महत्वाकाक्षी भएपनि जनताको मन जित्ने दाबी गरे ।  ‘घिस्रिने खालको बजेट ल्याउने अवस्था अब हामी फाल्छौं ।’ उनले भने ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलले पोखराको विकासमा जोड दिए । पोखरा आउने पाहुनाले आफ्नो दोस्रो घर आएको महसुस गर्ने गरी पूर्वाधार बनाइने उनले बताए ।

कास्की क्षेत्र न.२ बाट निर्बाचित सांसद उत्तम पौडेलले सुकुम्बासी समस्या दीर्घकालीन रुपमा समाधान गर्ने गरी बर्तमान सरकारले काम गरिरहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पोखरा महानगरसमितिका सभापति नारायण आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद नारायण गौतम र पूर्व सांसद शिव नेपालीको साथै पार्टीका कास्की जिल्ला सभापति यदुनाथ अधिकारी, केन्द्रीय सदस्य माधव प्रसाद कँडेल र जनसम्पर्क प्रमुख कुमार खड्का लगायतले आआफ्नो भनाई राखेका थिए ।

१८ जेष्ठ २०८३, सोमबार ११:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा