Play

पोखरा -३२ को सुकुम्बासी बस्तिमा डोजर चल्दैन-वडाध्यक्ष कार्की, जबर्जस्ति गरे सडकमा उत्रिने सुकुम्बासीको चेतावनी

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा न. ३२ मा सुकुम्वासी तथा अव्यबस्थित बसोबासीहरुको समस्या समाधानका लागि वडास्तरिय सहजीकरण समिती र संघर्ष समिति समेत गठन गरिएको छ । वडाध्यक्ष अक्कल बहादुर कार्कीको उपस्थितिमा खुदीखोलामा रहेका सुकुम्वासीहरुसंगको कार्यक्रम पश्चात समिति घोषणा गरिएको हो ।

कार्यक्रममा वडाअध्यक्ष कार्कीले कोही कसैले पनि बिना कारण र बिना बिकल्प बसिरहेको ठाउ छोडन नपर्ने बताए । आंफ्नो वडामा हंचुवाको भरमा डोजर लिएर स्थानिय सरकार बस्तीमा नजाने भन्दै उनले आंफ्नो नियमित काममा लाग्न सुझाब दिए ।

भूमीहिन, दलित, सुकुम्वासी तथा अब्यबस्थित बसोबासी सरोकार सहजीकरण समिती कास्कीले आयोजना गरेको कार्यक्रममा सहभागिहरुले सरकारको आगामी नितिका बारेमा प्रश्न गरेका थिए । दैनिक जसो चलेको डोजर आतंकले मजदुरी गर्नेहरुले समेत मानसिक पीडाको कारण काम गर्न मन नलागेको, रातमा निद्रा नलागेको बताएका थिए ।

कार्यक्रममा सहभागी सुकुम्बासी तथा अन्यले आँफुहरुलाई विकास बिरोधीको बिल्ला भिराएर जबर्जस्ती हटाउने प्रयास भए देशभरका ५५ लाख सुकुम्बासी सडकमा उत्रिने चेतावनी दिएका थिए ।

कार्यक्रममा अखिल नेपाल सुुकुम्वासी संघका केन्द्रीय सचिव ओमबहादुर पौडेलले भूमीहिनहरुलाई शहरका मौरीको रुपमा लिंदै मौरी भएन भने घारको पनि अर्थ हुदैन, तसर्थ शहर बनाउने रहर हुनेहरुले सुकुम्वासीका पुराना र थोत्रा लुगा मात्र नहेर्न आग्रह गरे। हाम्रा बस्तीमा डोजर चले हामीसंग पनि डोजर र मजदुर रहेको भन्दै उनले जेन्जी आन्दोलनको अर्को रुप सिर्जना हुनसक्ने चेतावनी दिए ।

कार्यक्रममा संघर्ष समिति कास्कीका अध्यक्ष प्रेम बहादुर गुरुङ्गले यो सुरकारले सुकुम्वासीलाई दुष्मन देखेको भन्दै शहर निर्माणमा सुकुम्बासी तथा मजदुरहरुको भुमिका रहेको बताए । संघर्ष समितिका सह संयोजक रमेश बयलकोटी, सहजिकरण समिती कास्कीको संयोजक अर्जुन मल्ल, सल्लाहकार रामबहादुर लामीछाने लगायतले आआफ्नो भनाई राखेको उक्त कार्यक्रममा नेपाली काग्रेस पोखरा – ३२ का सभापति कुल प्रसाद अधिकारी, नेपाली कम्युनिष्ट पार्टीका वडा अध्यक्ष टेक प्रसाद अधिकारीले सुकुम्वासी आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए ।

कार्यक्रमपछि मिलन घलानको संयोजकत्वमा ९ सदस्यीय संघर्ष समिती गठन गरिएको छ । समितिका सदस्यहरुमा बिकास सुनार, सुकबहादुर गुरुङ्ग, भुपेन्द्र राना, हिरालाल श्रेष्ठ, देवी महतो, भक्त बहादुुर थापा, राजु गुरुङ्ग र सबिना नेपाली रहेका छन । यसैगरि सहजिकरण समितिको संयोजकमा अर्जुन मल्ल तथा सदस्यहरुमा रुपेन्द्र दर्जी, हरिबहादुर गुरुङ्ग, राजु परियार, केशबहादुर थापा, शुशिल तिलिजा पुन, चन्द्रमा घर्ति, सन्जय कार्की र रामबहादुर थापा रहेका छन ।

१७ जेष्ठ २०८३, आईतवार २२:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा