Play

पोखरा बहुमुखी क्याम्पसमा ‘ब्यबस्थापन र सामाजिक बिज्ञानमा उदाउँदा प्रवृतिहरु’ बिषयक राष्ट्रिय सम्मेलन सम्पन्न

गुरुकुल खबर


पोखरा, पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले ब्यबस्थापन तथा सामाजिक बिज्ञानमा उदाउँदा प्रवृतिहरु बिषयमा आयोजना गरेको राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न भएको छ। अनुसन्धान तथा ज्ञान उत्पादन गर्न आंफ्नो भूमिकालाई स्थापित गर्ने तथा ब्यबस्थापन र सामाजिक बिज्ञानको समसामयिक बिषयमा शैक्षिक बहस, अनुसन्धान आदान प्रदान, नीति सम्बाद तथा विश्वबिधालय र समुदायको बिचमा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको हो।

पोखरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिशुकला पराजुलीका अनुसार क्याम्पसले पहिलो पटक यस किसिमको सम्मेलन आयोजना गरेको हो । उनले सम्मेलनमा हरित ब्यबस्थापन, डिजिटल बैंकिंग, दिगो बित्त, मानव संसाधन ब्यबस्थापन, स्थानीय शासन, सामाजिक तथा सांस्कृतिक रुपान्तरण, सार्वजनिक नीति लगायतका मुख्य बिषयसंग सम्बन्धित ४० वटा अनुसन्धानपत्रहरू प्रस्तुत गरिएको जानकारी दिईन।

जेठ १५ गतेदेखि सुरु भएको कार्यक्रमको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रोफेसर डा. महानन्द चालिसेले समाजमा रहेका सामाजिक र व्यवस्थापकीय समस्या उजागर गर्न प्राज्ञिक क्षेत्र सशक्त हुनुपर्ने बताए । यस्ता सम्मेलनले प्राध्यापक र विद्यार्थीलाई सम्बन्धित विषयमा अनुसन्धान गर्न अभिरुचि जगाउने उनको भनाइ थियो ।

सम्मेलनमा प्रोफेसर डा. महानन्द चालिसे, प्रोफेसर डा. चन्द्रा भद्रा र गण्डकी विश्वविद्यालयका कुलपति प्रोफेसर डा. इन्द्रप्रसाद तिवारी मुख्य वक्ताका रूपमा रहेका थिए । त्यस्तै थाइल्यान्डको सिनावात्रा युनिभर्सिटीका पूर्वडिन एवं एसोसिएट प्रोफेसरले पनि ‘कि नोट’ वक्ताका रूपमा प्रस्तुति दिए  प्यानलिस्टका रूपमा प्रोफेसर डा. लेखनाथ भट्टराई, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखे र ग्रिन डेभलपमेन्ट बैंकका कार्यकारी अधिकृत हरि बुढाथोकी सहभागी थिए ।

पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष शंकर गुरुङको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन एबम समापन समारोहमा क्याम्पस संचालक समितिका निवर्तमान अध्यक्ष नरेन्द्रमान लालचन, सामुदायिक क्याम्पस संघ गण्डकी प्रदेशका संयोजक ऋषिराम बुढाथोकी र रिसर्च म्यानेजमेन्ट समिति संयोजक दीपकप्रसाद घिमिरे, सम्मेलन कार्यक्रमका संयोजक भीमप्रसाद न्यौपाने, अनुसन्धाता डा. टीका ढकाल र विद्यार्थी गणेश रामदामल लगायतले आआफ्नो भनाई राखेका थिए ।

१७ जेष्ठ २०८३, आईतवार १९:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा