Play

खानेपानी उपभोक्ता समितिको साधारणसभा: वास्तविक ब्यानर हटाएर सभामुख अर्यालको बधाई ब्यानर

गुरुकुल खबर


काठमाडौँ, काठमाडौँको नागार्जुन नगरपालिका वडा नं. ६ स्थित बृहत् फस्कु खानेपानी उपभोक्ता समितिको १२औँ साधारणसभा कार्यक्रममा एउटा अनौठो र अपारदर्शी दृश्य देखिएको छ। उपभोक्ताहरूको प्रत्यक्ष सरोकार रहने खानेपानी संस्थाको साधारणसभा कार्यक्रमको ब्यानर नै परिवर्तन गरेर दलीय रणनीतिको छायाँमा पारिएको छ।

शनिबार आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख एवं रास्वपाका पूर्व उपसभापति डोलप्रसाद (डिपी) अर्याल प्रमुख अतिथिको रूपमा सहभागी थिए । तर, साधारणसभा जस्तो गरिमामय र पारदर्शी हुनुपर्ने कार्यक्रमको मुख्य मञ्चमा वास्तविक ब्यानर नराखी “बधाई ज्ञापन तथा शुभकामना कार्यक्रम” को ब्यानर टाँगिएको थियो। साधारण सभाको लागि भनेर बनाइएको ब्यानर भने छेउमा राखिएको थियो।

पर्खालमा अलपत्र वास्तविक ब्यानर, मञ्चमा राजनीतिक आवरण

कार्यक्रम स्थलमा पुग्दा साधारणसभाको वास्तविक ब्यानर मञ्चमा नभएर भुइँतलामा छेउको पर्खालमा अलपत्र अबस्थामा झुण्ड्याइएको देखिन्थ्यो। पार्टीको आन्तरिक नीति, दलीय दबाब र संगठनात्मक रणनीति सार्वजनिक हुने डरले आयोजकले ब्यानर नै बदलेर कार्यक्रमलाई “बधाई ज्ञापन” को फरक स्वरूप दिएको बताइएको छ । यसबारे आयोजक समितिसँग बुझ्न खोज्दा उनीहरूले राजनीतिक दबाब र आन्तरिक विवादका कारण वास्तविक कुरा खुलाउन चाहेनना।

उपभोक्ताको अधिकारमाथि राजनीतिक हस्तक्षेप

खानेपानी जस्तो आधारभूत र संवेदनशील सामाजिक संस्थाको वार्षिक साधारणसभामा संस्थाको आर्थिक प्रतिवेदन, पानीको महसुल, भावी कार्ययोजना र उपभोक्ताका समस्या माथि गहन छलफल हुनुपर्ने थियो। तर, साधारणसभाको ब्यानर नै लुकाएर सभामुख अर्याललाई “बधाई र शुभकामना” दिने आवरणमा सिङ्गो कार्यक्रम सञ्चालन गरिनुले सामाजिक संस्थामाथि राजनीतिक प्रभाव बढेको स्पष्ट हुन्छ।

सर्वसाधारण उपभोक्ताहरूले भने संस्थाको स्वायत्तता र पारदर्शितामाथि प्रश्न उठाउँदै नेताहरूको लोकप्रियता र दलीय रणनीतिका लागि साधारणसभाको गरिमालाई धुमिल पारिएको भन्दै गम्भीर आपत्ति समेत जनाएका थिए।

१६ जेष्ठ २०८३, शनिबार १९:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा