Play

जाल्पा माविमा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीलाई बिधालय झोला वितरण

गुरुकुल खबर


काठमाडौँ, ओखलढुङ्गा जिल्ला लिखु गाउँपालिका–८, टारकेराबारीस्थित जाल्पा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई ओखलढुङ्गा विपद् व्यवस्थापन समाजले विद्यालय झोला वितरण गरेको छ। शैक्षिक सामग्रीको अभावका कारण कुनै पनि विद्यार्थीको अध्ययन प्रभावित नहोस् भन्ने उद्देश्यका साथ झोला वितरण गरिएको बताइएको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरू निकै उत्साहित र हर्षित देखिएका थिए। समाजले गरेको सहयोगले विद्यालयमा सकारात्मक ऊर्जा थपिएको विद्यालय परिवारले जनाएको छ।

कार्यक्रममा पोकलि झरना सेवा समाजका संस्थापक अध्यक्ष तथा ओखलढुङ्गा विपद् व्यवस्थापन समाजका अध्यक्ष गुरु केदार बरालले शिक्षा नै जीवन परिवर्तनको सबैभन्दा बलियो आधार भएको बताउँदै विद्यार्थीहरूलाई ठूलो सपना देख्न, निरन्तर मेहनत गर्न तथा कठिन परिस्थितिसँग कहिल्यै हार नमान्न आग्रह गरे। ‘शिक्षामा गरिएको सहयोग र लगानी कहिल्यै खेर जाँदैन, बरु यसले भविष्यमा सक्षम, सचेत र समृद्ध समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ’ उनले भने।

ओखलढुङ्गा विपद् व्यवस्थापन समाजका सदस्य तथा अधिवक्ता सुरेन्द्र बोगटीले शिक्षाको महत्त्वबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई अध्ययनमा निरन्तर लागिरहन आग्रह गरे। उनले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई अवसरसँग जोड्न समाजको भूमिका महत्वपूर्ण रहने बताए।

समाजसेवी दिनेश कार्कीले ओखलढुङ्गालाई पोकलि झरना तथा प्राकृतिक सम्पदामार्फत चिनाउने अभियानसँगै समाजसेवाका उदाहरणीय कार्यहरू गुरु केदार बरालले गरिरहेको भन्दै यस्ता सामाजिक अभियानमा सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको बताए।

समाजसेवी दीपक कटुवालले खोटाङ र ओखलढुङ्गाको भूगोल तथा सामाजिक परिवेश धेरै हदसम्म समान रहेको उल्लेख गर्दै ओखलढुङ्गा आएर विद्यार्थीहरूसँग जोडिन पाउँदा आफूलाई खुसी लागेको बताए। आदित्य मुढबारीले टारकेराबारी क्षेत्र आफूलाई अत्यन्त मन परेको बताउँदै विद्यार्थीहरूको शैक्षिक विकासका लागि आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक कैलाश पौडेलले ओखलढुङ्गा विपद् व्यवस्थापन समाजले विद्यालयप्रति देखाएको आत्मीय सहयोग अत्यन्त प्रशंसनीय रहेको जनाए।  कार्यक्रमको सञ्चालन गर्दै शिक्षक बासु गौतमले कार्यक्रमलाई व्यवस्थित, प्रेरणादायी तथा भावनात्मक ढंगले सञ्चालन गर्दै विद्यार्थीहरूलाई शिक्षा, अनुशासन र सकारात्मक सोचतर्फ अग्रसर हुन आग्रह गरे।

११ जेष्ठ २०८३, सोमबार २१:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा