Play

पोखराको बजारक्षेत्रमा प्रहरीको निशाना, फुटपाथमा पार्किंग गरिएको भन्दै दुई दिनमा दुई सय बढीलाई कारबाही

गुरुकुल खबर


पोखरा, पोखराको मुख्य बजार क्षेत्रको फुटपाथमा पार्किंग गरि राखिएका सवारी साधन नियन्त्रणमा लिएर कारबाही गर्ने अभियानलाई प्रहरीले तिब्र पारेको छ। यस क्रममा दुई दिनको अबधिमा २ सय भन्दा बढी सवारी साधन नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरीले जनाएको छ । तर कतिपय ब्यबसायी एबम सर्बसाधारणले भने प्रहरीको उक्त कदमलाई राजस्व संकलन गर्ने नाममा प्रहरीले संचालन गरेको कारबाही अभियानको रुपमा लिएका छन।

यसैक्रममा पोखराको मुख्य बजार क्षेत्रको सडकको बाहिरपट्टि फुटपाथ क्षेत्रमा पार्किंग गरेर राखिएका २ सय २ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ।  पोखरा महानगरपालिकाको नगर प्रहरी समेतको सहयोगमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको प्रहरी एबम ट्राफिक प्रहरीको संयुक्त टोलीले बुधबार मात्र १ सय १ वाट दुई पांग्रे सवारी साधन नियन्त्रणमा लिएर कारबाही गरेकोमा ८१ वटा स्कुटर र २० वटा  मोटरसाइकल रहेको कास्की प्रहरीले जनाएको छ ।

मंगलवार देखि शुरु गरिएको अभियान अन्तर्गत पोखराको सभागृहचोक, न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक, नयाँबजार र पृथ्वीचोक क्षेत्रको फुटपाथमा सर्बसाधारण एबम शारीरिक अपांगहरुलाई हिंडडुल नै गर्न नमिल्ने किसिमले पार्किंग गरिएका सवारी साधन नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ।

प्रहरीले सर्बसाधारण हिंड्न नमिल्ने गरि फुटपाथमा राखिएका सवारी साधन नियन्त्रणमा लिईएको जनाएपनि स्थानीय ब्यबसायी एबम सर्बसाधारणले भने प्रहरीको उक्त कदम प्रति असन्तुष्टि समेत प्रकट गरेका छन । केहि मिनेटको लागि पार्किंग गरिएका सवारी साधन समेत जबर्जस्ती उठाएर लागिएको कतिपयले गुनासो गरेका छन।

न्युरोड क्षेत्रमा ब्यापार गर्ने एक ब्यबसायीले सडकमा पनि पार्किंग गर्न नदिने र फुटपाथमा पैदलयात्रुलाई अबरोध नपुग्ने किसिमले राखिएका ब्यबसायी एब घर धनीका सवारी साधन समेत प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको भन्दै असन्तुष्टि प्रकट गरे।

प्रहरीको यस किसिमको कदमले पृथ्वीचोक देखि न्युरोड र महेन्द्रपुल र चिप्लेढुंगासम्मको क्षेत्रमा सर्बसाधारण ग्राहक तथा उपभोक्ता समेत आउन नसक्ने र त्यस क्षेत्रको ब्यापार ब्यबसाय समेत प्रभावित हुने ब्यबसायीहरुको भनाई छ ।

६ जेष्ठ २०८३, बुधबार १९:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा