Play

कास्कीमा प्रहरीको स्विप अपरेसन जारी, सोमबार साँझ २३ जना पक्राउ

गुरुकुल खबर


पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की एबम पोखराको बगरस्थित वडा प्रहरी कार्यालयको टोलीले सोमबार साँझ ६ बजेदेखि राति १० बजेसम्म संचालन गरेको स्विप अपरेसनका क्रममा पोखराको बिभिन्न स्थानबाट २२ जनालाई पक्राउ गरेको जनाएको छ ।

विभिन्न स्थानहरुमा मादक पदार्थ एबम लागू पदार्थ सेवन गरी हो-हल्ला गर्ने, झैझगडा गर्दै हिड्ने, जुवातास खेल्ने खेलाउने तथा शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधि बढेको भन्दै प्रहरी टोलीले ‘स्वीप अप्रेसन’ लाई निरन्तरता दिएको छ ।

यस क्रममा  मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, लागू औषध (गाँजा) सेवन गर्ने तथा जुवाजन्य तिन गोट्टी खेलाउने जस्ता गतिविधिमा संलग्न २३ जनालाई नियन्त्रणमा लिएर आबश्यक कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमध्ये पोखरा महानगरपालिकाको बगर, टुँडिखेल, बाग्लुङ बसपार्क, नदिपुर र तेर्सापट्टीबाट ७ जना, पोखरा महानगरपालिकाको प्रस्यांग र हरिचोकबाट ५ जना,  पोखराको बाटुलेचौर, सराङकोट र लामाचौरबाट ११ जना रहेको छन ।

यसैगरी ३ जना जुवाजन्य तिन गोट्टी खेलाउने व्यक्तिहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीका सुचना अधिकारी हरिबहादुर बस्नेतले गुरुकुल खबरलाई जानकारी दिए ।

उनका अनुसार ७ जनाले मादक पदार्थ र लागु औषध सेवन गरि हो-हल्ला गर्दै हिंडेको र झैझगडा गरेको भन्दै  अभद्र व्यवहार सम्बन्धी कसूरमा दस दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ।

मादक पदार्थ सेवन गरि हिंडेका ७ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट जनही एक हजार रुपैयाको दरले जरिवाना गरि छाडिएको र बाँकी ६ जनालाई उनीहरुको आँफन्तको जिम्मा लगाएर तारिखमा छोडिएको प्रहरीले जनाएको छ।

२९ बैशाख २०८३, मंगलवार २०:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा