Play

जनतालाई तर्साएर घर भत्काउने काम बन्द गर्न र संसद्को सर्वोच्चतामाथि अतिक्रमण नगर्न कांग्रेस नेता महरको जोड

गुरुकुल खबर


डडेल्धुरा, नेपाली कांग्रेसका नेता एवं नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले वर्तमान सरकारले जनता तर्साउने अनि अमानवीय तरिकाले घर भत्काउने कार्य तत्काल रोक्नुपर्ने  बताएका छन । शुक्रबार डडेल्धुरामा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले देशका लागि जमिन र जनता उत्तिकै आश्यक हुन तर सरकार जनजीविका प्रति संवेनशील नदेखिएको आरोप लगाए ।

एक अर्को प्रसंगमा नेता महरले संसद अधिवेशनबाट भागेर ,अध्यादेशमार्फत शासन चलाउने कुराले संसदको सर्बोच्चता माथि धावा बोल्न खोजेको आरोप लगाए । शक्ति सन्तुलनको अबधारणा बिपरित कार्यपालिकाबाट न्यायालयको परम्परा र स्वतन्त्रतामाथि अंकुश लगाउने खेलको शुरुवात  भएर विधिको शासन धरापमा पर्ने हो कि भन्ने आशंका बढन थालेको महरको भनाई थियो ।

देशभरका लाखौ बचतकर्ताको पसिनाको कमाई अझैसम्म डुबेको भन्दै उनले सहकारी ठगी प्रकरणमा सरकार मूकदर्शक नबनेर छिटो छिटो समस्याको समाधान निकाल्नुपर्नेमा जोड दिए। चरम मूल्यवृद्धिले सर्वसाधारणको ढाड सेकेको र सुकुम्बासी बस्तीमा सुत्केरी महिलामाथि राज्यले गरेको अमानवीय व्यवहारले सरकारको असंवेदनशीलता छताछुल्ल भएको पनि उनले बताए।

राष्ट्रिय राजनीतिबाट गृहजिल्लाको विकासतर्फ केन्द्रित हुँदै कांग्रेस नेता महरले आगामी आर्थिक वर्षको बजेटमा डडेल्धुराका ड्रिम प्रोजेक्टहरूलाई पहिलो प्राथमिकतामा राख्न तीनवटै तहका सरकारसँग माग गरे। उनले डडेल्धुरा विमानस्थलको निर्माण, मेडिकल कलेजको शीघ्र बिकास र पश्चिम सेती तथा पञ्चेश्वर जस्ता बहुउद्देश्यीय आयोजनाको द्रुत कार्यान्वयनमा पनि जोड दिए ।डडेल्धुरा जिल्लामा गत वर्ष विनियोजित मध्ये २ अर्ब बढी वजेट रकम काटिएकामा असन्तुष्टि प्रकट गर्दै उक्त रकमको बिनियोजन र आजसम्म डडेल्धुराका लागि छुट्याउदै आएको बजेटमा यो सरकारले कटौति गर्न नहुने महरले बताए ।

स्थानीय नागरिकका समस्याहरूप्रति चिन्ता व्यक्त गर्दै महरले जिल्लाका ५२ वटै वडामा बाँदर र बँदेललगायतका वन्यजन्तुले मच्चाएको आतंक नियन्त्रण गर्न तत्काल कदम चाल्नुपर्ने बताए। साथै, ज्यानमारा जस्तै बनेको ग्रामीण सडकको स्तरोन्नति, अस्पतालको व्यवस्थापन सुधार, जीर्ण खानेपानी आयोजनाको पुनर्निर्माण र युवा लक्षित प्राविधिक शिक्षाको विस्तार र डडेल्धरा जिल्लाको कृषि – पर्यटन को बिकास गरेर युवा रोजगार सृजना गर्नुपर्ने बिभिन्न तहका सरकारको ध्यानाकर्षण गराए।

नेपाली कांग्रेसको आन्तरिक राजनीतिबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा महरले आफू गुटबन्दीभन्दा माथि उठेर एकताबद्ध, गतिशील र रूपान्तरित कांग्रेस निर्माणको पक्षमा रहेको प्रष्ट पारे। अबको कांग्रेस लोकतन्त्र, संसदीय सर्वोच्चता र प्रेस स्वतन्त्रताको रक्षामा खरो रूपमा उत्रिनुपर्ने उनको भनाई थियो।

महरले डडेल्धुराका जनता र सञ्चारकर्मीलाई सहयोग र समन्वयको लागि आभार प्रकट गर्दै उनले आफू सधैं डडेल्धुरावासी र सिंहदरबारबीचको बलियो पुल बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

२५ बैशाख २०८३, शुक्रबार १३:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा