पोखरा, हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर प्रति छलफल गर्न सेभ आवर हिमालय फस्र्ट नेपालको पहलमा अन्नपृर्ण जलवायु सम्मेलन तथा माछापुच्छे सम्वाद सम्मेलन सम्पन्न भएको छ । स्थानीय, राष्टिय तथा अन्तराष्ट्रियस्तरबाट सम्बन्धित विषयका बिभिन्न अनुसन्धानपत्र प्रस्तुतीकरण, टिप्पपणी तथा सुझाव संकलन गरिएको सम्मेलनले १५ बुँदे ‘माछापुच्छ्रे घोषणापत्र–२०८३’ जारी गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र अनुकूलनका लागि साझा प्रतिबद्धता व्यक्त गरेको छ । घोषणापत्रमा जलवायुजन्य प्रकोपको जोखिममा रहेको गण्डकी प्रदेशको पर्यावरण र समुदायको उत्थानशीलता अभिवृद्धि गर्न सबै क्षेत्रबाट पहल गर्ने उल्लेख छ ।
घोषणापत्रले वन क्षेत्रले कार्बन सञ्चिति र उत्सर्जन न्यूनीकरणमा खेलेको भूमिकालाई स्वीकार गर्दै वन संवर्द्धन प्रणालीमा आधारित व्यवस्थापनमार्फत वातावरणीय सेवाको निरन्तरता सुनिश्चित गर्ने दृढता व्यक्त गरेको छ । यस्तै, कृषि र वन क्षेत्रमा रहेका अवशेष, पातपतिंगर र मिचाहा प्रजातिलाई बायोचार र बायोकम्पोष्टमा उपयोग गर्दै वन डढेलो न्यूनीकरण र माटोको उर्वरा शक्ति बढाउने कार्यक्रमलाई प्रोत्साहन गर्ने सहमति भएको छ । हिमालय पर्वत शृंखलामा भइरहेका श्रृंखलाबद्ध प्रकोपका कारण हुने विपद् जोखिम न्यूनीकरण गर्न मौसम सूचना केन्द्र र पूर्व सूचना प्रणालीको विस्तारमा जोड दिइएको बताइएको छ।
सेभ आवर हिमालय फर्स्ट नेपाल सहित गण्डक्री प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका , माछापुच्छ्र्र्रे गाउँपालिका र अन्नपुर्ण गाउँपालिकाद्वारा संयुक्तरुपमा उक्त कार्यक्रम आयोजना गरिएको हो । गण्डक्री प्रदेश क्षेत्र पर्यावरणीय र वातवरणीय हिसावले अत्यन्तै संवेदनशिल, महत्वपुर्ण र विश्व परिचित भएकोले यहाँ जलवायुरिवर्तन प्रमुख मुद्दा बन्नु पर्ने मान्यताका साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक तथा सेभ आवर हिमालय फर्स्ट नेपालका अध्यक्ष डि.बि नेपालीले जानकारी दिए।
सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डक्री प्रदेशका बिभिन्न ठाउँ र वस्तीहरु बिभिन्न समयमा बाढी, पहिरो, अतिवृटि, अनावृष्टि लगायतका समस्याले प्रताडित हुनुपरेको बताउंदै दैवि विपत्तीका पिडितहरुलाइ उचित संबोधन गर्ने प्रतिवद्धता व्यक्त गरे । बिभिन्न उत्कृष्ट प्राकृतिक स्रोत साधनले बिश्वबजारमा परिरिचत ठाउँमा जलवायु परिवर्तनले छिट्टै प्रभावित गर्ने भन्दै यसका लागि सबैको हातेमालो, सहकार्य , चासो र सक्रियता आवश्यक रहेको उहाँले बताउनु भयो ।
सम्मेलनमा जलवायु परिवर्तनले मौसम , पर्यावरण र जीवनयापन लगायतका बिभिन्न पक्षहरुमा पारेको प्रभाव सम्बन्धि तीन दर्जन अनुसन्धान पत्र र कार्यपत्र ह्ररु प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा युनिभर्सीटी अफ कलगेरी क्यानडाका प्रोफेसर डा. माइरिल बलार्ड ले जलवायृ परिवर्तनमा आदीवासीको भविष्य , डा. बसन्तराज अधिकारीले हिमालय रिजनमा विपद जोखीम, खगेन्द्रराज पौडेलले नेपालको हिमालयको केस स्टडी, गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका पुर्णेश्वर सुवेदीले जलवायु परिवर्तन पहिले र अहिलेको अवस्था, जनप्रिय बहुमुखी क्याम्पसका सह प्राध्यापक दिपेन्द्रराज पहारीले माछापुच्छ्र्र्रेका नभनिएका कथा लगायतका विषयमा अनुसन्धान तथा कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यस्तै जलवायु परिवर्तनले स्वास्थय, समुदाय, वन जंगल, पानीका स्रोत, वन्यजन्तु लगायतमा परेको प्रभावका सम्बन्धमा युनिभर्सीटी अफ कलगेरि क्यानडाका प्रोफेसर डा. रंजन दत्ता, जेबुनीसा च्यापोला, नेपाल वाटर कन्जरभेसन फाउण्डेसनका नमिन्द्र दाहाल, र एक्यापका डा. राजन पौडेलले अनुसन्धनपत्रहरु प्रस्तुत गरेका थिए । त्यसैगरी गण्डकी प्रदेश सरकारका रणनिति, पर्यटन क्षेत्रमा प्रभाव, कृषिमा प्रभाव, इकोलोजी प्रभाव लगायतका विषयमा डा. रिपु कुवँर, श्रीकान्त खतिवडा, अनुपम उप्रेती, र प्रेम दवाडीले कार्यपत्र प्रस्तुत गरेको बुझिएको छ ।
सेभ आवर हिमालय फर्स्टका अध्यक्ष डि.बि नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उदघाटनसत्रमा वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका सहसचिव डा. महेश्वर ढकाल, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव , जील्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल, वन विज्ञान अध्ययन संस्थान पोखराका प्रमुख डा. नारायण प्रसाद गौतम, माछापुच्छे गाउँपालिका प्रमुख मिन बहादुर गुरुगं, नागरिक समाज संस्था कास्कीका राम प्रसाद सुवेदी लगायतले आआफ्नो भनाई राखेका थिए ।
- स्मिता अधिकारी














