Play

राष्ट्रपतिले पुनर्बिचार गर्न पठाएको अध्यादेश यथास्थितिमै राष्ट्रपति समक्ष पठाइयो, द्वन्द बढ्ने संकेत

गुरुकुल खबर


पोखरा, बालेन्द्र शाह नेतृत्वको सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले जारी नगरिकन पुनर्विचार गर्न भनि फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि पनि स्वीकृतिको लागि राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको छ। आइतबार मात्र राष्ट्रपति पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको अध्यादेश सोमबार पुन सोहि अबस्थामा नै राष्ट्रपतिकोमा पठाइएको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बताए। ‘राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएको थियो। मन्त्रिपरिषद्ले यसमा कुनै परिवर्तन नगरी पुनः राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ,’ पोखरेलले जानकारी दिए।

सरकारको यस निर्णयसँगै अध्यादेशको भविष्यबारे संवैधानिक र राजनीतिक वृत्तमा चासो बढेको छ। राष्ट्रपतिको अर्को कदम के हुन्छ भन्नेबारे प्रतीक्षा गरिएको छ। राष्ट्रपति पौडेलले यस अगाडी पनि पटक पटक फिर्ता पठाएको उक्त अध्यादेश अब फेरी स्वीकृत गर्छन वा फिर्ता पठाउलान भन्ने चासो बढेको छ। यसले राष्ट्रपति र सरकार बीच द्वन्द बढ्नसक्ने र सरकारले दुई तिहाईको दम्भको आधारमा राष्ट्रपति पौडेललाई महाभियोग लगाएर हटाउन खोज्ने अनुमान समेत गर्न थालिएको छ। राष्ट्रपति पौडेलले सरकारले पठाएका अन्य धेरै अध्यादेशहरु भने स्वीकृत गरिसकेका छन ।

२१ बैशाख २०८३, सोमबार १४:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा