पोखरा, नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ (एनएमएसआरए) को २९ औं केन्द्रीय महाधिवेशन पोखरामा सम्पन्न भएको छ । महाधिबेशनले एनएमएसआरएको नयाँ केन्द्रीय समिति समेत निर्बाचित गरेको छ महाधिबेशनबाट केन्द्रीय कार्यसमितिको अध्यक्षमा निरज पन्त निर्बाचित भएका छन। यस अगाडी संघको महासचिब रहेका पन्त करिब दुई दशकदेखि औषधि तथा बिक्रि प्रतिनिधिको रुपमा पोखरा सहित गण्डकी प्रदेशमा सक्रिय छन।
नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघमा पछिल्लो कार्यकाल महासचिब रहेर काम गरेका पन्त त्यस अगाडी संघको केन्द्रीय सचिबको जिम्मेवारीमा पनि थिए। हाल हिमालयन वेलनेस कम्पनीमा कार्यरत पन्त सुदुर पश्चिम सम्पर्क एबम बिकास समाज पोखराको अध्यक्ष, लायन्स क्लब अफ पोखरा टुरिज्म सिटिको पुर्व अध्यक्ष समेत हुन ।उनि सन् २०११ मा मिस्टर पोखरा र २०१२ मा मिस्टर नेपाल अन्तर्गत सेकेन्ड रनर अप समेत भएका थिए।

संघको महाधिबेशनबाट नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा सीताराम खड्का, उपाध्यक्षमा गणेश शाह र विष्णु प्रसाद ढकाल, महासचिवमा दिगम्बरराज पाण्डे निर्बाचित भएका छन भने सचिवमा किरण अधिकारी, गोविन्द प्रसाद जोशी र शम्भु श्रीवास्तव निर्बाचित भएका छन । समितिको कोषाध्यक्षमा सुदर्शन ढकाल र सह-कोषाध्यक्षमा चिरञ्जीवीलाल कर्ण निर्बाचित भएको अध्यक्ष निरज पन्तले गुरुकुल खबरलाई जानकारी दिए ।
महाधिवेशनमा देशभरीका १४ इकाईबाट सात सय भन्दा बढी संख्यामा औषधि विक्री प्रतिनिधिहरू सहभागी रहेकोमा समबन्धित इकाईबाट सिफारिस गरिएका हरुलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेर केन्द्रिय सदस्यमा मनोनित गर्ने ब्यबस्था रहेको नवनिर्बाचित अध्यक्ष पन्तले जानकारी दिए । निर्बाचन पुर्व नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ (एनएमएसआरए) को २९ औं केन्द्रीय महाधिवेशनको उद्घाटन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गरेका थिए।














