Play

नागरिकको जीवन सहज बनाउनु मेरो प्राथमिकता : सांसद पौडेल

गुरुकुल खबर


पोखरा, कास्की क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उत्तम प्रसाद पौडेलले आफ्नो निर्वाचन क्षेत्रको भौतिक पूर्वाधार र पर्या-पर्यटनको विकासका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन । सोमबार पोखरा महानगरपालिका वडा नं.२० का विभिन्न क्षेत्रमा पुगेर नागरिकहरूसँग अन्तरक्रिया गर्दै पौडेलले आंफ्नो क्षेत्रको विकास निर्माण र नागरिकका समस्या समाधान गर्न आँफु प्रतिबद्ध रहेको बताए ।

सांसद पौडेलले पोखरा-२० अन्तर्गतका आटिघर मौजा मोहरिया र लामडाँडा क्षेत्रका स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या र अपेक्षाबारे छलफल गरेका थिए।

निरीक्षणका क्रममा सांसद पौडेलले पोखरा-२० र मादी जोड्ने पुलको आवश्यकता तथा लामडाँडा-मौजा-मोहोरिया–हिमालय मावि–मन्छाप–हाइ अल्टिच्युड खेल मैदान घगमथान मन्दिर जाने १९ किलोमिटर सडकको अवस्थाबारे जानकारी लिएका थिए । नागरिकको जीवन सहज बनाउन पूर्वाधार पहिलो सर्त भएको उल्लेख गर्दै उनले भने यी आयोजनाहरूको निर्माण मेरो प्राथमिकतामा रहनेछ। विकासका कामहरू कुनै पनि तहमा कतै पनि अड्कन नदिने गरी म खट्नेछु।’ उनले भने

सांसद पौडेलले उक्त क्षेत्र होमस्टे र पर्या-पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको बताउँदै यहाँको विकासका लागि नीतिगत तहमा देखिएका अवरोधहरू हटाउन आफू लाग्ने प्रतिवद्धता पनि व्यक्त गरे। आफ्नो भूमिका नीति निर्माणमा मात्र सीमित नरहने स्पष्ट पार्दै उनले भने ‘विकासका कामहरूमा स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्दै नागरिकको साथमा रहेर सहकार्य गर्न म प्रतिबद्ध छु। तपाईँहरूको आशा र विश्वासले मलाई थप जिम्मेवार बनाएको छ।’

 

१५ बैशाख २०८३, मंगलवार २१:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा