काठमाडौँ, नेपाली कांग्रेसको १४ औं महाधिबेशनबाट बनेको कार्यसमितिलाई बिशेष महाधिबेशनबाट हटाउन एकसाथ जुटेका नेपाली काँग्रेसका दुई प्रभावशाली युवा नेताको बिचमा कुरा नमिल्दा नेपाली काँग्रेस संसदीय दलको नेता चयन प्रक्रिया शुक्रबार पनि स्थगित हुन् पुगेको छ।
पार्टीको प्रतिनिधिसभा संसदीय दलको नेता चयन गर्ने विषयमा पार्टीका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबिच कुरा नमिलेको कारण आज शुक्रबार हुने भनिएको संसदीय दलको नेताको निर्वाचन स्थगित हुन् पुगेको छ।
आन्तरिक बिबादकै कारण बिभिन्न बहाना देखाउंदै संसदीय दलको नेता चयन प्रक्रिया डेढ महिना बित्दा पनि पुरा हुन् सकेको छैन। जब कि अन्य सबै दलले तत्काल संसदीय दलको नेता चयन गरिसकेको छन ।
दलको नेता चयन गर्न गठित निर्वाचन समितिका संयोजक तथा कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले सहमतिका लागि भन्दै आजको निर्वाचन कार्यतालिका समेत स्थगित गरिएको जानकारी दिएका छन। यस अगाडी पनि पटक पटक उनले औपचारिक एबम अनौपचारिक रुपमा निर्बाचन प्रक्रिया रोक्दै आएका छन ।
नेपाली काँग्रेसका सभापति थापाले सांसद मोहन आचार्यलाई संसदीय दलको नेता बनाउने चाहना राखेको भएपनि अर्का कांग्रेस नेता एबम प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले समेत दलको नेता बन्ने अडान नछोडेपछि आचार्य र केसीमध्ये एकजनालाई दलको नेता बनाउनुपर्ने पक्षमा सभापति थापा देखिएका छन। तर उपसभापति शर्मा भने सांसद भीष्मराज आङ्देम्बेलाई दलको नेता बनाउनुपर्ने पक्षमा लबिंग गरिरहेको बुझिएको छ।
सभापति र उपसभापति बिचमै कुरा नमिलेपछि दलको नेतामा सहमति जुटाउन भन्दै उपसभापति शर्माको संयोजकत्वमा अर्को समिति बनाइएको छ । ७ सदस्यीय समितिमा अर्की उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे, निर्वाचन समितिका संयोजक रसाइली तथा सदस्यहरू मुना भुसाल र राजु कटुवाल सदस्य रहेको निर्बाचन समितिका संयोजक प्रकास स्नेहीले जानकारी दिएका छन्।
निर्बाचन समितिका एक सदस्यका अनुसार पार्टीले बनाएको निर्बाचन समितिले निर्बिरोध अर्थात मतदान प्रक्रियाद्वारा दलको नेता चयन गर्न सक्ने अबस्था रहंदा पनि अनाबश्यक रुपमा अर्को समिति बनाएर निर्बाचन समितिलाई नै काम बिहुँ बनाइएको बताए। दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले दलको नेतामा सहमति जुटाउन शर्माको नेतृत्वमा समिति बनाएको हो।
मिति बनिसकेपछि त्यसको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामै बस्यो। बैठकमा सहमति जुटाउने प्रयास भइरहेको समितिका सदस्यसमेत रहेका महामन्त्री प्रदिप पौडेलले जानकारी दिए ‘सहमतिको प्रयासका लागि समिति बनाएका छौँ। समितिले उम्मेदवारहरूबिच सहमति जुटाउने प्रयास गरिरहेको छ।’ महामन्त्री पौडेलले भने ।














