पोखरा, नेपाली काँग्रेसबाट निर्बाचित गण्डकी प्रदेश सभा सदस्य द्रोणकुमार कुँवरले प्रदेश सभा सदस्य पदबाट दिएको राजिनमा स्वीकृत नगर्न प्रदेशका सभामुख कृष्णप्रसाद धिताल समक्ष आग्रह गरेको बुझिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार मन्त्रीमण्डलमा नयाँ अनुहारलाई समाबेश गरेपछि आक्रोशित बनेका कुँवरले सभामुखलाई इमेल गरेर राजिनामा पठाएका थिए। राजिनामा दिएपछि उनले आंफ्नो टेलिफोन समेत अफ गरेर सिमित व्यक्तिसंग मात्र सम्पर्कमा रहेका थिए उनि बाग्लुंग जिल्लाको क्षेत्र न.२ ख बाट गण्डकी प्रदेश सांसदमा निर्बाचित भएका थिए ।
राजिनामा दिएको भोलिपल्ट नै कुँवरले सभामुख धिताललाई फोन गरेर कुँवरले आंफ्नो राजिनामा स्वीकृत गर्ने प्रक्रिया अगाडी नबढाईदिन आग्रह गरेको बुझिएको छ। उनले राजीनामा स्वीकृत नगर्न आग्रह गरेको सभामुखले पुष्टी गरे। ‘माननीय द्रोण कुँवरले हिजो राजिनामा इमेलबाट पठाउनुभएको थियो, म पनि पोखरा बाहिर भएकोले उक्त राजिनामा दर्ता समेत गरिएको थिएन। तर, आज नै वहांले टेलिफोन गरेर आंफ्नो राजिनामा स्वीकृत गर्ने प्रक्रिया अगाडी नबढाईदिन भनेर आग्रह गर्नुभएको छ।’ सभामुख धितालले भने सभामुख धितालका अनुसार राजिनामा दर्ता भएको भैसकेको भए रोक्न नमिल्ने भएपनि दर्ता नभएको कारण अब राजिनामा स्वीकृत गर्ने प्रक्रिया अगाडी नबढ्ने भएको छ ।
प्रदेश सांसद कुँवरले आफू मन्त्री बन्नुपर्ने दाबी गर्दै आएको र मुख्यमन्त्री पाण्डेले समेत उनलाई मन्त्री बनाउने आश्वासन दिएको बताइन्छ । तर बुधबार आठजना नयाँ मन्त्री बन्दा कुँवरलाई मन्त्रीमण्डलमा समाबेश गरिएन । मन्त्रिमण्डलमा बागलुङ २(क) बाट निर्वाचित प्रदेश सांसद एबम नेपाली कांग्रेस बाग्लुंगका सभापति जित शेरचनलाई अर्थ मन्त्री नियुक्त गरेपछि प्रदेश सांसद कुँवर झनै असन्तुष्ट बनेको र भावनामा बगेर उनले राजिनामा इमेलमा पठाएको बुझिएको छ । बुधबार गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्री पाण्डे बाहेक सबै नयाँ अनुहार भित्रिएका छन ।
नवगठित मन्त्रीमण्डलमा कांग्रेसका जित शेरचन आर्थिक मामिला, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री एबम नम्डु गुरुङ वन तथा वातावरण मन्त्री बनेका छन । यसै गरि नेकपा एमालेका गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी र लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्री बनेका छन् ।














