पोखरा, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार गंगाधर पराजुलीले आर्थिक सहयोग गरेका छन् ।
पत्रकार पराजुलीले अक्षयकोषमा नगद ११ हजार १११ रुपैयाँ सहयोग गरेका हुन् । उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
पराजुलीले नेपाल सरकार अन्तर्गतको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा अध्यक्ष रहेर देशभरका मिडियामा काम गर्ने पत्रकार र संचारकर्मीको पारिश्रमिक र सेवा सुबिधाको सम्बन्धमा महत्वपूर्ण काम गरेका थिए। उनि राष्ट्रिय समाचार समितिका पुर्व संचालक, नेपाल पत्रकार महासंघको पुर्व केन्द्रीय उपसभापति एबम नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपध्यक्ष समेत हुन।
पराजुलीले फोटो पत्रकारको हितका लागि अक्षयकोषबाट महत्वपुर्ण टेवा पुग्ने विश्वासका साथ सानो सहयोग गरेको बताए । उनि हाल गोल्डेन मिडिया ग्रुप प्रालिको अध्यक्ष एबम गुरुकुल खबर अनलाइनको प्रधान सम्पादक र सुनौलो एफएमको कार्यकारी निर्देशकको रुपमा कार्यरत छन।
सहयोग प्राप्त भएपछि एनपिजेए कास्की अध्यक्ष राम गुरुबले पत्रकार पराजुलीलाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए ।
यसैगरी उक्त अक्षयकोष’ मा पत्रकार मोहन घलेले १० हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुबलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका पूर्वअध्यक्ष घलेले फोटो पत्रकारको हितका लागि अक्षयकोषमा सहयोग गरेको बताए ।

सहयोग प्राप्त भएपछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले पत्रकार घलेलाई धन्यवाद ज्ञापन गरे । उक्त अक्षयकोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ















