पोखरा, पोखरा महानगरपालिका वडा न. १७ छोरेपाटन नजिकका युवाहरुको संस्था डेभिजफल क्लबको १४ औं साधारण सभा एबम ११ औं अधिबेशनले नयाँ कार्यसमिति निर्बाचित गरेको छ। शनिबार सम्पन्न क्लबको अधिबेशनबाट निर्बाचित ११ सदस्यीय नयाँ समितिको अध्यक्षमा दीपक सुवेदी रहेको छन । विसं २०५५ मा स्थापना भएको डेभिजफल क्लबले लामो समयदेखि पोखरा क्षेत्रमा बिभिन्न सामाजिक काम गर्दै आएको छ ।
क्लबको आगामी कार्यकालको लागि नयाँ कार्यसमितिको पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत रूपमा चुनिएका हुन् । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा शिविर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा वेदबहादुर थापा, सचिवमा गणेश जिसी, कोषाध्यक्षमा शिवम् शाही ठकुरी र सहसचिवमा शर्मिला थकालीलाई चयन गरिएको छ। नयाँ समितिको सदस्यहरुमा सौरभ मरासिनी, दीपेन्द्र सुवेदी, विष्णु पौडेल, वेदनाथ अधिकारी र प्रदीप गुरुङलाई राखिएको छ।
स्थानीय सामाजिक व्यक्तित्व युवक लामिछाने संयोजक रहेको निर्वाचन समितिले उक्त समिति चयन गरेको हो । निर्बाचन समितिमा विजयराज आचार्य र खेमराज बराल (पुष्प) सदस्य थिए । निर्वाचन प्रक्रियामा नारायण अधिकारी र रविन गुरुङले सहजीकरण गरेको बुझिएको छ ।
अधिबेशनका क्रममा पोखरा महानगरपालिका – १७ की वडाध्यक्ष राधिका शाही योगीले स्थानीय सरकारले युवालाई उत्पादनसँग जोड्ने र मर्यादित रोजगारी सिर्जना गर्ने कामलाई प्राथमिकतामा राखेको र युवाहरुले पनि टोलटोलमा पुगेर नागरिकका आवश्यकता र समस्या बुझ्नुपर्नेमा जोड दिईन ।
निर्वतमान अध्यक्ष विनम गुरुङले क्लबले जनविश्वास जित्दै आएको र सामाजिक कार्यमा निरन्तर सक्रिय रहेको बताए । क्लबका सचिव गणेश जिसीले संचालन गरेको उक्त कार्यक्रममा क्लबका महासचिव दीपक सुवेदीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अनिलकुमार प्रधानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकोमा दुवै प्रतिवेदन छलफलपछि पारित भएका थिए ।















