Play

पुर्व प्रधानमन्त्री देउवा दम्पतिबिरुद्ध पक्राउ पुर्जी जारी, इन्टरपोलमार्फत रेड नोटिस जारी गर्ने तयारीमा सरकार

गुरुकुल खबर


काठमाडौँ,  नेपाली कांग्रेसको १४ औं महाधिबेशनबाट निर्बाचित सभापति एबम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ।  काठमाडौँ जिल्ला अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ पुर्जी जारी गरेको बताइएको छ। न्यायाधीश महेन्द्रबहादुर कार्की* को इजलासले मंगलवार पक्राउ अनुमति दिएको बताइएको छ ।

गृहमन्त्रालय स्राेतका अनुसार रेड नोटिस जारी गर्नकै लागि देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएकाे हाे । विदेशमा रहेका व्यक्तिलाई पक्राउ गरी नेपाल ल्याउन इन्टरपोलमार्फत रेड नोटिस जारी गरिन्छ । त्यसको पहिलो औपचारिक कदम पक्राउ पुर्जीबाट जारी सुरु हुन्छ ।

सरकारले पूर्वप्रधानमन्त्रीहरू देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएका पूर्वप्रधानमन्त्री देउवा सपरिवार विदेशमा छन् ।

फागुन १३ मा देउवा सिंगापुर गएका थिए। त्यसअघि नै पत्नी आरजु भारत हुँदै सि‌ंगापुर पुगेकी थिइन् । बीचमा दुवैजना उपचारका लागि हङकङ गएर  सि‌ंगापुर नै फर्किएका थिए । जेन-जी आन्दोलनपछि १० कार्तिकमा पनि देउवा दम्पति उपचारको लागि सिंगापुर गएका थिए

नेपाल अन्तराष्ट्रिय प्रहरीहरूको साझा संस्था इन्टरपोलको सदस्य राष्ट्र हो । अपराधमा संलग्न व्यक्ति अनुसन्धान एवं कारबाहीबाट उम्किन आफ्‌नो देशबाट भागेर विदेश पुगेको छ भने त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन सम्बन्धित देशका प्रहरीले इन्टरपोलको सहयोग माग्न सक्छ ।

त्यसपछि इन्टरपोलले आबद्ध राष्ट्रहरूमार्फत फरार व्यक्तिको खोजी गर्न रेड नोटिस जारी गरी विश्वभर ‘सर्कुलर’ गर्छ । तर, रेड नोटिस जारी हुनलाई निश्चित प्रक्रिया भने पूरा गरेको हुनुपर्छ । अपराध अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार कसुरको अनुसन्धान गर्ने निकायले फरार व्यक्तिविरुद्ध अपराध दर्ता पुस्तिकामा कसुर दर्ता गरेपछि त्यस्ता व्यक्तिविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गराउनुपर्छ । यही प्रक्रिया पूरा गर्न देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

२५ चैत्र २०८२, बुधबार १६:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा