Play

पोखरामा फेवा नवबर्ष महोत्सब नजिकिंदै: सरोकारवाला संस्थाले सहयोग सहित सहकार्य गर्ने

गुरुकुल खबर


पोखरा. नेपाली नयाँ बर्ष प्रवेशको सन्दर्भ पारेर हरेक बर्ष हुँदै आएको फेवा नव बर्ष महोत्सवलाई सफल बनाउन स्थानीय बिभिन्न संघसंस्थाले सहकार्य सहित सहयोग गर्ने जनाएका छन। चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म फेवा किनारमा हुने २१ औं फेवा नवबर्ष महोत्सवको आयोजक संस्था होटल संघ पोखरा नेपालले आयोजना गरेको छलफलमा सहभागी बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले सहयोग र सहकार्यको प्रतिबद्दता जनाएका हुन उनीहरुले फेवा महोत्सव समग्र पोखरा र  पोखरेलीको महोत्सवको रुपमा आफूहरुले बुझेको समेत बताए ।

महोत्सवबारे जानकारी दिंदै होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पोखराको सहिदचोकदेखि खहरेचोकसम्म आयोजना हुने महोत्सवमा यसपटक पंचै बाजा प्रतियोगिता विशेष रहने अवगत गराए । यस अन्तर्गत खहरेबाट अम्बोटसम्म दुलही लिन जानेदेखि खहरेमा रत्यौली खेल्ने जस्ता रमाइला गतिविधि समावेश हुने जानकारी उनले गराए । पर्यटक दौड, दोहोरीका कार्यक्रम र सांगीतिक कन्सर्ट पनि महोत्सवमा समेटिने उनले सुनाए ।

पोखरा होटल संघको सल्लाहकार परिषद्का संयोजक एवं होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले नेपाली कला र संस्कृतिको संरक्षण गर्दै पोखरामा पर्यटक आकर्षित गर्ने र उनीहरुको बसाई अबधि लम्ब्याउँदै मनोरञ्जन प्रदान गर्ने उद्धेश्य महोत्सवले लिएको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका व्यवसाय प्रबद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले फेवा महोत्सव महोत्सव मात्र नभई नयाँ बर्षमा आयोजना गरिने कारण यो पर्व पनि भएको बताए । सरकारले गर्नुपर्ने महोत्सव निजी क्षेत्रबाट आयोजना गरिनु सराहनीय कदम भएको भन्दै उनले संघको प्रशंसा गरे ।

कार्यक्रममा महोत्सवलाई एकआपसमा हातेमालो गरी मिलेर सफल पारिनुपर्ने, महोत्सवका अवसरमा पोखराको कला, संस्कृति र सहासिक गतिविधि प्रदर्शन गर्न सकिने, महोत्सव आगन्तुक पर्यटकलाई हिंडडुलमा दुःख नहुने गरी संचालन गरिनुपर्ने, होटलको दररेट महंगो हुन नहुने, महोत्सवको डिजिटल प्रबर्द्दनमा जोड दिनुपर्ने र महोत्सवले जेन–जी युवालाई समेत आकर्षण गर्न सक्नुपर्ने जस्ता सुझाव पनि सहभागीले दिएका थिए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्, पोखरा उद्योग वाणिज्य संघ, टान, नाट्टा, रेवान, नेपाल हवाई खेलकूद संस्था, पोखेली ट्याक्सी सेवा प्रालि, ना, पोखरा च्याम्बर अफ कमर्स, गाउँ पर्यटन प्रबर्द्दन मञ्च, ओटेफ, टेवान, गुरुङ पर्यटन व्यवसायी संघ, फेवा डुंगा व्यवसायी संगठन, मुद्रा सटही व्यवसायी संगठन र वडा नम्बर ६ कार्यालयको तर्फबाट सुझाव राखिएको थियो । कार्यक्रमको संचालन संघकी सचिव पार्वता पाण्डेले गरेकी थिइन् ।

२३ चैत्र २०८२, सोमबार ०९:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा