Play

जेनजी आन्दोलनमा जेलबाट भागेकी एक महिला लागुऔषध र चारलाख रुपैया सहित पक्राउ

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं. २९ सैनिक बस्ती क्षेत्रमा लागू औषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहत इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले एक महिलालाई नगद चार लाख एक हजार रुपैया र केहि लागु औषध सहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्वत जिल्लाको कुश्मा नगरपालिका -१२ घर भई पोखरा महानगरपालिका -२९ बस्ने २६ बर्षीय सिमा दर्जी रहेको कास्की प्रहरीका सुचना अधिकारी एबम प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेतले गुरुकुल खबरलाई जानकारी दिए ।

पक्राउ परेकी दर्जीको साथबाट डाइजापाम -१ एम्पुल, फेनेरागन -१ एम्पुल र ब्रुफिनुर्फिन -६ एम्पुल गरी जम्मा ८ एम्पुल लागूऔषध, मोवाईल दुई थान र नगद चार लाख एक हजार रुपैया बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकी दर्जीलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा छ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकी महिला यस भन्दा अगाडी पनि लागु औषध मुद्धामा पक्राउ परेको र अदालतको आदेश अनुरुप कास्की कारागारमा सजायं भोगिरहेकी थिईन।

तर, जेनजी पुस्ताको नाममा भएको आन्दोनलको क्रममा कारागारबाट बाहिर निस्केर फरार रहेकी उनि यस पटक फेरी लागु औषध सहित पक्राउ परेपछि अब कस्तो कारबाही होला भन्ने जिज्ञासा धेरैले राखेका छन ।

२३ चैत्र २०८२, सोमबार ०७:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा