Play

इन्धनको मूल्यवृद्धि र आपुर्तीको असर: शनिबार र आइतबार सार्बजनिक बिदा दिने सरकारको निर्णय

गुरुकुल खबर


पोखरा, बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले दिएको जानकारी अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार गरि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ उक्त निर्णय भोलि देखि नै लागु गरिने भएको छ मन्त्रीपरिषद बैठकले शैक्षिक संस्थाबाहेक सरकारी कार्यालयको समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय समेत गरेको पनि प्रवक्ता पोखरेलले संचारकर्मीहरुलाई जानकारी दिए।

पेट्रोलियम पदार्थको मुल्य बढिरहेको र आपूर्तिमा समेत समस्या देखिएको कारण पेट्रोलियम पदार्थको उपभोग घटाउने उपायका रूपमा यस्तो निर्णय गरिएको मन्त्री पोखरेलले जानकारी दिए । सरकारले प्रशासनिक र शैक्षिक दुवै क्षेत्र समेटेर बिदा दिने निर्णय गरेको हो । यसले सरकारी सवारी साधनको प्रयोग घट्ने र इन्धन खपत कम हुने अपेक्षा गरिएको छ । प्रवक्ता पोखरेलले पेट्रोलियम पदार्थको मूल्य बढिरहेको सन्दर्भमा यस्तो कदम आवश्यक भएको बताए ।

नेपाल सरकारले यस अगाडी पनि हप्तामा दुई दिन सार्बजनिक बिदा दिने निर्णय गरेको थियो । २०७९ सालमा तत्कालीन सरकारले इन्धन खपत घटाउने उद्देश्यसहित शनिबार र आइतबार बिदा दिने निर्णय गरेको भएपनि उक्त निर्णय लामो समय कार्यान्वयनमा आउन सकेको थिएन  ।त्यस समयमा सेवा प्रवाह प्रभावित भएको गुनासो बढेको थियो । सरकारी कामकाज ढिलो हुने, सेवाग्राहीलाई समस्या पर्ने र निजी क्षेत्रसँग तालमेल नमिल्ने जस्ता बिषयसंगै शैक्षिक क्षेत्रमा पनि पढाइ व्यवस्थापन कठिन भएको भनि आलोचना बढेपछी तत्कालिन सरकारले उक्त निर्णय फिर्ता गरेको थियो ।

प्रवक्ता पोखरेलले सरकारी निकाय र शैक्षिक संस्थाले निर्णय कार्यान्वयनमा सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले इन्धन खपत घटाउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको समेत बताए ।

यसैबीच, सरकारले नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री पोखरेलले जानकारी दिए । यसअघि सामान्यतया वैशाखको पहिलो सातादेखि शैक्षिक सत्र सुरु हुने गरेकोमा यस पटक केही दिन ढिला गरी नयाँ भर्ना र पठनपाठन सुरु गरिने भएको हो ।

२२ चैत्र २०८२, आईतवार १६:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा