Play

फेवा शिक्षा सदनमा अध्ययन गरेका ५० जना बिधार्थी दिक्षित

गुरुकुल खबर


पोखरा, पोखराको गणेशटोलस्थित फेवा शिक्षा सदनका ५० जना विद्यार्थीहरु दिक्षित भएका छन् । विद्यालयले शनिबार दिक्षान्त समारोहको आयोजना गरेर कक्षा यूकेजीका विद्यार्थीलाई दिक्षित गरेको हो । विद्यालयका प्राचार्य अच्युत पाण्डे र इसिइसि पोखराका निर्देशक प्रदिप पराजुलीले उनीहरुलाई दिक्षित गरेका थिए  ।

विद्यालयका प्राचार्य अचुत पाण्डेले विद्यालयले न्युन शुल्कमा मन्टेश्वरीस्तरको पढाइ सञ्चालन गरेको जानकारी गराए । बाबुनानीहरुले मनोरञ्जतात्मक तरिकाले खेल्दै पढ्दै गर्दा पढाइ सँगसँगै अन्य कुराहरु पनि सिक्ने गरेको र बाबुनानीहरुको शारीरिक र मानसिक विकासमा सहयोग पुगेको उनको भनाइ थियो ।

इसिइसि पोखराका निर्दैशक पराजुलीले बाबुनानीहरुले पढ्ने र सिक्ने प्रकृयामा असर पर्ने भएकाले फेवा शिक्षा सदनमा बालमैत्री वातावरण रहेको उल्लेख गरे । विद्यालयका सहप्राचार्य प्रमोद पाण्डेले विद्यालयले विद्यार्थीहरुलाई संस्कार सहितको शिक्षा प्रदान गर्न प्रयास गरिरहेको बताए ।

२२ चैत्र २०८२, आईतवार १५:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा