Play

कांग्रेसको आधिकारिकता सम्बन्धि बिबादमा आज हुने भनिएको सुनुवाई स्थगित

गुरुकुल खबर


काठमाडौँ,  नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धि बिबादलाई लिएर सर्वोच्च अदालतमा आइतबार हुने भनिएको सुनुवाई स्थगित भएको छ पार्टीको आन्तरिक बिबादपछि बिशेष महाधिबेशन गरेर नयाँ कार्यसमिति घोषणा गरेको गगन थापाको समुहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध १४ औं महाधिबेशनबाट निर्निबाचित सभापति शेरबहादुर देउवा समूहमा रहेका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा दायर गरेको मुद्दाको सुनुवाइ स्थगित गरिएको हो।

सर्वोच्च अदालतले कांग्रेसको विवाद सम्बन्धि मुद्धाको आजका लागि पेसी तोकेकोमा सुनुवाइका लागि इजलास नतोकिएको हो । यसअघि सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।  २०८२ माघ ६ मा न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोगसहितको नाममा लिखित जवाफ पेस गर्न आदेश जारी गरेको थियो ।

निर्वाचन आयोग, नेपाली कांग्रेस पार्टी कार्यालय र सभापति गगन थापाले लिखित जवाफ पेस गरेसँगै सुनुवाइका लागि पेसी तोकिएको थियो। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद भएको थियो । १४ औं महाधिबेशनबाट निर्बाचित उपसभापति एबम तत्कालिन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अदालतमा रिट दर्ता गराएका थिए ।

रिट निवेदनमा कांग्रेस नेता देउवा र पूर्णबहादुर खड्काको वारेसमा श्रवणकुमार श्रेष्ठले दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको भन्दै भङ्ग गर्न माग गरिएको छ । देउवा पक्षले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने उल्लेख गर्दै विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ ।

२२ चैत्र २०८२, आईतवार १२:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा