पोखरा, पोखराको लेकसाइड स्थित सुबिधा सम्पन्न पर्यटकीय होटल ‘वाटरफ्रन्ट रिसोर्ट’ मा शनिबार बिहान सबेरै डोजर चलाइएको घटनालाई लिएर चर्चित पर्यटन ब्यबसायी एबम उक्त होटलका लगानीकर्ता कर्ण शाक्यले आपत्ति जनाएका छन् । कुनै जानकारी बिना पोखरा महानगरपालिकाले होटलको पर्खाल लगायतका केहि सरचना भत्काएको उनले आरोप लगाएका छन ।
पोखराको लेकसाइड विश्वकै लोकप्रिय पर्यटन गन्तब्यस्थल हो। एकातिर व्यवस्थित र बैज्ञानिक योजनाबिना केवल संरक्षणको नाममा संरचना विस्थापित गर्नु र अर्को तिर सम्बेदनशिल प्राकृतिक स्थलहरूमा होटल सञ्चालनको अनुमति दिईनु विरोधाभास हो भन्दै यस्तो नीति कदापि ठिक मान्न नसकिने स्पष्ट पारेका छन। ‘संरक्षणको नाममा जीविकोपार्जन र स्थापित पर्यटन संरचनामाथि आघात पुर्याउनु उचित होइन।’ उनको भनाई छ ।
दबाबमा आधारित निर्णय होइन, स्पष्ट वैज्ञानिक आधार, भूमि उपयोग योजना (Land use managemen) र दीर्घकालीन दृष्टिकोण अपनाउनुपर्ने कुरामा जोड दिंदै उनले भनेका छन । ‘जहाँ पर्यटनले अर्थतन्त्र धानिरहेको छ, त्यहाँ सुधार, व्यवस्थापन र नियमन आवश्यक हुन्छ, विस्थापन होइन। सही बाटो भनेको विकास र संरक्षण बीच सन्तुलन कायम गर्नुहो। अन्यथा, न संरक्षण बाँच्छ, न पर्यटन.. अन्ततः राष्ट्रले नै ठुलो मूल्य चुकाउनुपर्छ।’
तत्कालिन सरकारले नेपालमा बिदेशी पर्यटकहरुको आगमन बढाउन संचालन गरेको नेपाल भ्रमण बर्ष १९९८ को कार्यक्रम संयोजक समेत रहेर काम गरेका शाक्यले सामाजिक सञ्जालमार्फत पोखरा महानगरपालिका र सरकारसंग प्रश्न गर्दै भनेका छन, ‘हिजो बिहान सबेरै, कुनै पूर्वसूचना बिना नगरपालिकाले हाम्रो होटलको पर्खाल भत्काउन आए। हाम्रो मनमा गहिरो पीडा र चिन्ता जाग्यो। अहिले त टुरिस्ट सिजनको समय हो, होटल पाहुनाले भरिएको छ। यति सबेरै पहिलो निशानामा हाम्रो होटल किन ? के हामी खराब उद्यमी हौं र ?
६५ मिटरको मापदण्ड कुनै निजी मुद्दा होइन, यो त राष्ट्रिय सरोकारको विषय हो। नीति ठिक छ कि छैन, आफ्नो ठाउँमा छ। तर हाम्रो होटलले कुनै नियम उल्लङ्घन गरेको छैन। जग्गा मिचेको छैन। लालपुर्जा छ, नक्सा पास छ। पर्यटन विभागको लाइसेन्स छ। उद्योग विभागको प्रमाणपत्र छ। राष्ट्र बैंकको इजाजतपत्र सबै छ। हरेक वर्ष कर तिरेका छौं। कुनै बैकको ऋण छैन। एउटा होटल सञ्चालन गर्न एक उद्यमीले पालना गर्नुपर्ने सबै नियम पालना गरेका छौँ। तर पनि हामीमाथि यस्तो कठोर व्यवहार किन ? शाक्यले प्रश्न गर्दै लेखेका छन..
पोखरा स्थित वाटरफ्रन्ट होटल बारे पुष्टि र जानकारी भन्दै उनले लेखेको भनाइ यस्तो छ ..
पोखराको वाटरफ्रन्ट होटल केवल व्यवसाय होइन—यो हाम्रो विश्वास, संघर्ष र आस्थाको प्रतीक हो। बिस वर्ष पहिले, माओवादी आन्दोलनताका जब देशमा तन, मन र धन पलायन भयो, तर मैले स्वदेशमै पर्यटन व्यवसायमा लाग्ने निर्णय गरेँ।
त्यही बेला म र मेरो मित्र दिवाकर राजकर्निकारले फेवाताल नजिक एउटा पोखरेली रैथाने उद्यमीसँग उसको ‘बुद्ध लज’ सहितको १७ रोपनी जग्गा किनेर अन्तर्राष्ट्रिय स्तरको होटल निर्माण गर्यौँ। यो हाम्रो सपना बिपना पसिना र विश्वासले साकार हो।
तर हिजो बिहान सबेरै, कुनै पूर्वसूचना बिना नगरपालिकाले हाम्रो होटलको पर्खाल भत्काउन आए। हाम्रो मनमा गहिरो पीडा र चिन्ता जाग्यो। अहिले त टुरिस्ट सिजनको समय हो, होटल पाहुनाले भरिएको छ। यति सबेरै पहिलो निशानामा हाम्रो होटल किन ? के हामी खराब उद्यमी हौं र ?
६५ मिटरको मापदण्ड कुनै निजी मुद्दा होइन, यो त राष्ट्रिय सरोकारको विषय हो। नीति ठिक छ कि छैन, आफ्नो ठाउँमा छ। तर हाम्रो होटलले कुनै नियम उल्लङ्घन गरेको छैन। जग्गा मिचेको छैन। लालपुर्जा छ, नक्सा पास छ। पर्यटन विभागको लाइसेन्स छ। उद्योग विभागको प्रमाणपत्र छ। राष्ट्र बैंकको इजाजतपत्र सबै छ। हरेक वर्ष कर तिरेका छौं। कुनै बैकको ऋण छैन। एउटा होटल सञ्चालन गर्न एक उद्यमीले पालना गर्नुपर्ने सबै नियम पालना गरेका छौँ। तर पनि हामीमाथि यस्तो कठोर व्यवहार किन?
त्यति मात्र होइन, पोखरामा सबैभन्दा पहिले UN-Habitat सँग समन्वय गरी अत्याधुनिक DEWAT सेफ्टी ट्यांकी बनाएका छौँ। हामी खराब उद्यमी होइनौँ, जिम्मेवार र सचेत नागरिक हौँ। हामी नीति नियम पालन गर्ने मान्छे हौ।
मापदण्ड अनुसार होटलको भवन ६५ मिटर टाढा छ। तीन तल्लाको छ। होटल र तालबीच अरूको जग्गा छ, जहाँ पैराग्लाइडिङ गरिन्छ।
लेकसाइड क्षेत्रमा हजारौँ बस्ती, उद्योग, व्यापार, होटल र रेस्टुरेन्टहरू अवस्थित छन्। यस्ता संरचना र जग्गा उचित मुआवजा दिएर विधिवत् अधिग्रहण नगरी, पूर्वसूचना बिना भत्काउनु कसरी जायज ठहरिन सक्छ ? के यस्तो कार्यप्रणालीलाई न्यायसंगत मान्न सकिन्छ ?
इतिहासले देखाउँछ कि फेवाताल राणाकालमा बाँध निर्माण गरेर विस्तार गरिएको थियो। पछि राजा महेन्द्रको पालामा बाँधको उचाइ थप बढाइयो र ताल अझ फैलियो। यसरी समयसँगै यसको स्वरूप निरन्तर परिवर्तन हुँदै आएको छ।
अन्तमा पोखरा जस्तों अन्तर्राष्ट्रिय पर्यटकीय नगरीमा विकासका लागि संरक्षण निती अपनाउने हो। जहाँ संरक्षणले विकासलाई रोक्ने होइन, टेवा दिने हो। कोठामा झिंगा आयो भनेर झ्याल बन्द गर्ने होइन, जाली लगाउने हो।















