पोखरा, चापाकोट पोखरा सेवा समाजले पोखरा महानगरपालिका -२३ चापाकोटको बाम्दीस्थित वडा कार्यालय अगाडी निर्माण गरेको प्रतिक्षालय स्थानीय समुदाय सहित पोखरा -२३ को वडा कार्यालयलाई हस्तान्तरण गरेको छ। समाजको १९ औं स्थापना दिवसको सन्दर्भ पारेर समाजले उक्त प्रतिक्षलाय निर्माण गरेको हो ।
चापाकोट सेवा समाज संस्था तत्कालिन चापाकोट गाबिसबाट पोखरामा आएर बिभिन्न पेशा र ब्यबसायमा संलग्न एबम अन्यको सक्रियतामा करिब दुई दशक अगाडी स्थापना गरिएको संस्था हो ।
समाजले स्थानीय वडा कार्यालयमा काम बिशेषले पुग्ने सर्बसाधारणको सुबिधाको लागि उक्त प्रतिक्षालय निर्माण गरेको समाजका सचिब दिपक प्रसाद पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए।
पोखरा महानगरपालिका -२३ का वडाध्यक्ष रामकाजी गुरुङको प्रमुख आतिथ्यतामा र समाजका अध्यक्ष विशेश्वर पराजुलीको अध्यक्षतामा आयोजित एक कार्यक्रममा उक्त प्रतिक्षालय हस्तान्तरण गरिएको थियो।
समाजका अध्यक्ष, पुर्व अध्यक्ष र सल्लाहकार सहित कार्यसमितिका पदाधिकारी र सदस्यहरुले उक्त प्रतिक्षालय वडा अध्यक्षसहित वडा सदस्यहरुलाई हस्तान्तरण गरेका थिए ।
गत आइतबार आयोजित उक्त कार्यक्रममा वडाध्यक्ष गुरुङ, वडासदस्य चेतबहादुर क्षेत्री, चापाकोट सेवा समाजका सल्लाहकार एबम तत्कालिन चापाकोट गाबिसका पुर्व अध्यक्ष भेषराज पराजुली, प्रतिक्षालय निर्माण समितिका संयोजक पदमपानी देवकोटा लगायतले आआफ्नो भनाई राखेका थिए ।
प्रतिक्षालय निर्माणमा समाजको तर्फबाट १ लाख ६ हजार रुपैया खर्च भएको र तत्कालिन चापाकोट गाबिसका पुर्व उपाध्यक्ष भिमबहादुर रानाले प्रतिक्षालय निर्माणमा आबश्यक पर्ने गिट्टी र बालुवा सहयोग गरेका थिए।
यसैबीच चापाकोट सेवा समाजको आठौँ बार्षिक साधारण सभा तथा पाँचौं अधिबेशन आगामी शनिबार पोखरामा हुने भएको छ अधिबेशनले आगामी कार्यकालको लागि समाजको नयाँ कार्यसमिति समेत चयन गर्ने कार्यक्रम रहेको छ ।














