Play

पोखरामा हुने चौथो यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपको तयारी शुरू

गुरुकुल खबर


पोखरा, पोखरामा हुने चौथो यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप- २०२६ को तयारी शुरू भएको छ । यहि चैत्र २८ गते देखि ३० गते सम्म नेपाल एथलेटिक्स संघको आयोजनामा तथा कास्की जिल्ला एथलेटिक्स संघको व्यवस्थापनमा हुने सो च्याम्पियनसिपको तयारी शुरू भएको हो ।

२०७९ सालमा चितवनमा सम्पन्न तेस्रो संस्करणको सो च्याम्पियनसिप तीन वर्षपछि पोखरामा हुने भएको नेपाल एथलेटिक्स संघका उपाध्यक्ष एवं प्रतियोगिताका
संयोजक गजबहादुर गुरुबले जानकारी दिएका छन् । उनले भने–“यो प्रतियोगिता हरेक वर्ष हुनुपर्ने थियो । तर विविध कारणले रोकिन पुग्यो । अब हामी यसलाई
निरन्तरता दिने उद्धेश्यका साथ तीन वर्ष पछि पोखराबाट सुरूवात गर्दैछौं ।”

प्रतियोगिता ट्रयाक र फिल्ड गरी दुई विधामा सञ्चालन हुनेछ । देशभरका सातै प्रदेशबाट उत्कृष्ट यू–२० खेलाडीहरूको सहभागिता रहने छ । हरेक प्रदेशबाट १०
महिला र १० पुरुष गरी २० खेलाडी गरी कुल १४० जना खेलाडीसँगै एक–एक जना प्रशिक्षक र एक–एक जना टिम व्यवस्थापक गरी कुल १५४ जनाले प्रतियोगितामा
सहभागिता जनाउने छन् । प्रतियोगितामा प्रत्येक खेलाडीले एक ट्रयाक र दुई फिल्ड वा दुई फिल्ड र एक ट्रयाक इभेन्टमा मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा ट्र्याकतर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३००० मिटर दौड समावेश गरिएको छ । साथै रिले अन्तर्गत ४×१०० मिटर र ४×४०० मिटर मिक्स्ड रिले पनि आयोजना हुनेछन् भने फिल्ड इभेन्टतर्फ हाइजम्प, लमजम्प, सटपुट र ज्याभलिन थ्रो समावेश गरिएको छ ।

कास्की जिल्ला एथलेटिक्स संघ तथा आयोजक समितिका सचिव सिद्धान्त अधिकारीका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । हरेक इभेन्टमा स्वर्ण, रजत र पदक बिजेता खेलाडीले क्रमश जनही नगद रु ४, ३ र २ हजार तथा रिलेतर्फका विजेताले क्रमश नगद रु ६, ४ र २ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै हरेक प्रदेशका उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई प्रोत्सहान वापत नगद रु ७/७ हजार तथा ओभरअल च्याम्पियनतर्फ एक प्रदेशलाई नगद रु १० हजारका
साथमा ट्रफी प्रदान गरिने कास्की जिल्ला एथलेटिक्स संघका कोषाध्यक्ष गोपबहादुर अधिकारीले बताए । आयोजकका अनुसार यस प्रतियोगिताले देशभरका युवा एथलेटिक्स प्रतिभालाई पहिचान गर्न तथा भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

 

१९ चैत्र २०८२, बिहीबार २०:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा