Play

पुर्व माओबादी ‘बादल’ एमाले संसदीय दलको नेता चयन, एमालेका युवानेता सुहांगलाई प्रस्ताबक र समर्थकको अभाव

गुरुकुल खबर


काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन भएका छन् । बुधबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले समानुपातिक तर्फबाट प्रतिनिधिसभामा निर्बाचित थापालाई संसदीय दलको नेतामा  निर्बिरोध चयन गर्ने निर्णय गरेको हो ।

इलाम–२ बाट निर्वाचित युवा सांसद सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी गरेका थिए। यद्यपि, सुहाङले आफ्नो उम्मेदवारीका लागि प्रस्तावक र समर्थक नपाएर उम्मेदवारी नै हाल्न नपाएपछि बादल निर्विरोध निर्वाचित भएका हुन्। नेम्वांगलाई प्रस्तावक र समर्थक रहने आश्वासन दिएका सांसदहरुले समेत अन्तिम समयमा साथ नदिएपछि नेम्वाङले समर्थकहरुलाई हतोत्साहित नहुन आग्रह गरेका थिए ।

‘एमालेमा रहेको अलिअलि कमजोरीलाई सुधारेर भविष्यमा नेकपा एमाले अझै सुदृढ भएर अगाडि बढ्छ भन्ने विश्वासमा मैले एउटा पाइला चालेको हो’ नेम्वाङले भने। ‘त्यो पाइला चाल्दा कहिलेकाही अपेक्षित नतिजा नआउन सक्छ । तर त्यसका कारणले हामी हतोत्साहित हुनुहुँदैन । एमालेका शुभचिन्तक र युवा पुस्ताले पनि हतोत्साहित हुनुहुँदैन ।’ उनले पत्रकारसंग भने ।

नेम्वाङले आगामी दिनमा थप कदम चाल्दै जाने विश्वास पनि दिलाए । ‘एमालेले देशलाई समृद्धितिर लान्छ । संयम र सभ्य तरिकाले देश र जनताको पक्षमा कुरा उठाइरहन्छ । मैले यो एक पाइला मात्रै चालेको, अब चाल्दै गर्छु,’ उनले भने ।

पूर्व माओवादी नेतासमेत रहेका बादल मंसिरमा सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीसहित प्रत्यक्षतर्फ उठेका सबै पदाधिकारी पराजित भएपछि समानुपातिक सूचीमा रहेका बादललाई दलको नेता बन्ने अवसर जुरेको हो। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा एमालेले जम्मा २५ सिट जितेको छ।

एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव डा भीष्म अधिकारीले भने थापालाई दलको नेता बनाउने निर्णय सर्वसम्मतिले गरिएको बताए । दलको नयाँ नेतृत्व चयन गर्नका लागि एमालेका सांसदहरु केन्द्रीय कार्यालयमा जुटेका थिए । सोही छलफलले थापालाई जिम्मेवारी दिने निष्कर्ष निकालेको हो । मुख्य सचिव अधिकारीका अनुसार बैठकमा नेताहरुबीचको समझदारीबाटै थापाको नाम तय गरिएको हो ।

थापा बिगतमा तत्कालिन नेकपा माओबादीमा सक्रिय रहेकोमा एमाले र माओबादीबीचको एकतासंगै बनेको नयाँ पार्टी नेकपामा सक्रिय भएका थिए । तर, केहि समयमा नै एमाले  र माओबादीबीच पुन बिभाजन भएपनि थापा भने एमालेमा नै बसेका थिए । जसका कारण एमालेको महाधिबेशनबाट पार्टीको केन्द्रीय समितिको उपाध्यक्ष बनेका उनि संसदीय दलको नेतामा समेत निर्बाचित हुने मौका पाएका छन ।

१८ चैत्र २०८२, बुधबार २२:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा