Play

नेपालीबाहेक अन्य भाषामा सपथ लिन सांसदको चासो, राप्रपाकी सांसद खुस्वुले रोजिन संस्कृत भाषा (नाम सहित)

गुरुकुल खबर


पोखरा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्बाचित समानुपातिक सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने भएकी छन्। सम्भवत संस्कृत भाषामा सपथ लिने उनि पहिलो बन्ने भन्दै उनको बारेमा सामाजिक संजालमा समेत चर्चा भैरहेको छ। संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य तथा सांसदहरुको शपथका लागि तय गरेको कार्यतालिका अनुसार राप्रपाको तर्फबाट समानुपातिक सांसद बनेकी ओलीले आफ्नो शपथको भाषा संस्कृत रोजेको बताइएको छ।

संघिय संसद् सचिवालयले नेपाली भाषाबाहेकका मातृभाषामा शपथ लिन चाहने सांसदहरूका लागि सोमबारसम्म नाम टिपाउने समय सीमा तोकेकोमा खुश्बु ओलीसहित विभिन्न दलका दुई दर्जन सांसदहरूले आफ्नो मातृभाषा वा रुचि अनुसारको भाषामा शपथ लिने गरी विवरण बुझाएका छन्। संसद सचिवालयले दिएको जानकारी अनुसार नवनिर्वाचित सांसदहरूलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य एबम नेपाली काँग्रेसबाट समानुपातिक तर्फका सांसद अर्जुन नरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ।

यस पटकको शपथ ग्रहणमा नेपाल भाषा (नेवारी), मैथिली, डोटेली, थारु, तामाङ र बान्तावा लगायतका भाषाहरूको उपस्थिति देखिएको छ। संसद सचिवालयका अनुसार मातृभाषामा शपथ लिन चाहने सांसदहरूले आफ्नै भाषामा शपथको बेहोरा अनुवाद गरी त्यसको कपी सचिवालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

नेपाली भाषा बाहेक अन्य भाषामा सपथ लिनेहरुको नामावली :

१० चैत्र २०८२, मंगलवार २०:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा