Play

कोलम्बियामा १ सय २० जना बोकेको सैन्य बिमान दुर्घटना, कम्तिमा ६६ जनाको मृत्यु

गुरुकुल खबर


काठमाडौं, कोलम्बियाको दक्षिणी क्षेत्रमा सैनिक जवानहरू बोकेको एउटा सैन्य विमान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ । सन् २०२६ मार्च २३ सोमबार भएको यस दुखद दुर्घटनामा ठूलो सङ्ख्यामा मानवीय क्षति भएको र धेरै व्यक्तिहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कोलम्बियाका रक्षामन्त्री पेड्रो ए सान्चेजका अनुसार ‘हर्कुलस’ नामको उक्त सैन्य विमान पुएर्टो लेगुइजामो बाट उडान भर्ने क्रममा दुर्घटनामा परेको हो । विमानले सैनिक जवानहरू ओसारपसार गरिरहेको थियो । रक्षामन्त्रीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सैन्य टोलीहरू घटनास्थलमा पुगिसकेको जानकारी दिएका छन् ।

दुर्घटनामा परेकाहरूको यकिन सङ्ख्याबारे फरक–फरक विवरणहरू बाहिर आएका छन् । कोलम्बियाली एयरोस्पेस फोर्सले सामाजिक सञ्जाल एक्स मार्फत ६ जना चालक दलका सदस्यहरूको मृत्यु भएको पुष्टि गरेको छ ।

यद्यपि, समाचार संस्था रोयटर्सले सैन्य स्रोतलाई उद्धृत गर्दै सोमबार साँझसम्म मृतकको सङ्ख्या ६६ पुगेको जनाएको छ । कोलम्बियाको ठूलो पत्रिका एल टिएम्पो ले विमानमा कम्तीमा १२० जना सवार रहेको उल्लेख गरेको छ ।

अहिले घटनास्थलमा तीव्र रूपमा उद्धार कार्य भइरहेको । घाइतेहरूलाई उपचारका लागि सैन्य अस्पताल लगिएको छ । घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन र अनुसन्धान जारी छ ।

गत फेब्रुअरीमा पनि बोलिभियाली वायुसेनाको हर्कुलस विमान दुर्घटना हुँदा दर्जनौँको मृत्यु भएको थियो । कोलम्बियाको यो घटनालाई सोही प्रकृतिको अर्को ठूलो सैन्य विमान दुर्घटनाका रूपमा हेरिएको छ । घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ ।

१० चैत्र २०८२, मंगलवार १२:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा