Play

पोखरेली कवि तथा साहित्यकारहरु भिमादमा, स्थानीय पर्यटकीय गन्तब्यको प्रबर्द्दन हुने बिश्वास

गुरुकुल खबर


पोखरा, पोखरालाई मुख्य कार्यथलो बनाउंदै आएका पोखरेली कवि तथा साहित्यकारहरूले शनिबार तनहुँको भिमाद नगरपालिकाका पर्यटकीय गन्तव्यको स्थलगत अवलोकन भ्रमण गरेका छन् । सिर्जनशिल लोकतान्त्रिक प्रतिष्ठान, पोखरा एवम् भिमाद नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित ‘भिमाद क्षेत्रमा ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको अवलोकन तथा साहित्यिक कार्यक्रम’ का क्रममा उनीहरूले यहाँका पर्यटकीय गन्तव्यको स्थलगत अवलोकनसँगै पर्यटकीय महत्व र सम्भावना बारे जानकारी लिएका हुन् ।

सेतीकाली साहित्य संगम र जिदीबाराही टोल विकास संस्थाले गरेको ब्यबस्थापकीय सहयोग कार्यक्रममा पुगेका कवि तथा साहित्यकारलाई स्वागत गर्दै भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले प्राकृतिक एवम् ऐतिहासिक महत्वको भिमाद नगरपालिका ९ स्थित सिद्ध गुफा, चमेरे गुफासँगै भिमबाँध, तीन सय वर्ष भन्दा पुरानो शिवालय मन्दिर, ढोर मिनमखानीको फलाम खानीबाट निकालेर बनाइएको झोलुङ्गे पुल आदि बारे जानकारी गराए ।

अवलोकनकै क्रममा सिद्धगुफा क्षेत्रमा आयोजित साहित्यिक कार्यक्रममा कवि तथा साहित्यकारहरू सेतीकाली साहित्य संगमका अध्यक्ष नारायण कैलाश सिग्देल, प्रतिष्ठानका पूर्व अध्यक्षहरू डा.विष्णुप्रसाद शर्मा, डा.भूमिराज बस्ताकोटी, संस्थापक सदस्य बेदहरि तिमल्सिना, संचारकर्मी समेत रहेका कमल पौडेल(अथक) प्राडा.कृष्ण भण्डारी मुमुुक्षु, बसन्त चालिसे, चन्द्रावती वाग्ले, प्रतिष्ठानका सदस्यहरू शान्ति कंडेल, पुण्यप्रसाद भट्टराई, गायत्री पराजुली, सिर्जना सापकोटा, दिनानाथ पराजुली, सहप्रा डा.नवराज न्यौपाने, गण्डकी साहित्य संगमका अध्यक्ष भीमबहादुर ज्यालादारी, विश्वबन्धु भण्डारी लगायतले विभिन्न विधाका रचना वाचन गरेका थिए।

कार्यक्रममा सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष सुरज पौडेलले प्रतिष्ठानले हरेक महिना विभिन्न पर्यटकीय गन्तव्यमा पुुगी साहित्यिक कार्यक्रमसँगै अनुसन्धानात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । प्रतिष्ठानका सदस्य एवम् कार्यक्रम संयोजक अम्बिकाप्रसाद भट्टराईले भिमाद क्षेत्रका पर्यटकीय गन्तव्यको प्रबर्द्दनमा टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

७ चैत्र २०८२, शनिबार २०:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा