Play

खोटांगमा अवतरण गर्न लागेको हेलिकप्टर दुर्घटना, पाइलटसहित ६ (नाम सहित) जना सबै सकुशल

गुरुकुल खबर


काठमाडौँ, काठमाडौँबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको बालाबेंसीमा दुर्घटनामा परेको छ । हेलिकप्टरमा सवार ६ जना भने सकुशल रहेको छन । हेलिकप्टरमा १ जना पाइलट र ५ जना यात्रु गरी जम्मा ६ जना सवार थिए । दुर्घटनामा एक जनालाई सामान्य चोट लागेको छ भने अन्य सबैको अवस्था सामान्य रहेको प्राधिकरणले जनाएको छ।

भिरालो जस्तै देखिने जमिनमा अवतरण गर्न लागेको उक्त हेलिकप्टर असन्तुलित भएर पल्टिन गई दुर्घटना हुन पुगेको भिडिओमा देख्न सकिन्छ।   नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि अवतरण गर्ने क्रममा असन्तुलित भएर दुर्घटना भएको जनाएको छ। क्यानका अनुसार दुर्घटनामा परेको ‘९ एन–एएफक्यू’ कलसाइन भएको उक्त हेलिकप्टरमा सवार सबैजना सुरक्षित रहेका छन् ।

खोटाङको केपिलासगढी गाउँपालिकामा भएको उक्त दुर्घटनामा परेका मध्ये सोही स्थानका ५० वर्षीय काजीबहादुर राई घाइते भएका छन्। घाइते राईलाई तत्कालै एयर डाइनेस्टीकै अर्को हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

हेलिकोप्टरका चालक सविन थापाको अवस्था सामान्य रहेको र उनी काठमाडौं फर्किसकेको प्रहरीले जानकारी दिएको छ। यस्तै हेलिकोप्टरमा सवार अन्य यात्रुहरू लक्ष्मी राई, समला राई, बालकुमार राई र दासमणि राई सकुशल रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः ०० बजे उडेको उक्त हेलिकप्टर दिउँसो ११ः ५१ बजे दुर्घटनामा परेको थियो । अवतरणका क्रममा असन्तुलित भएर  हेलिकप्टर पल्टिएको जनाउंदै हेलिकप्टरमा शव बोकिएको भन्ने हल्ला सत्य नरहेको पनि क्यानले स्पष्ट पारेको छ ।

४ चैत्र २०८२, बुधबार १४:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा