Play

जग्गासम्बन्धि बिबादमा ५५ बर्षीय श्रेष्ठले हतियार प्रहर गर्दा आमाको मृत्यु, दिदि गम्भीर घाइते

गुरुकुल खबर


कञ्चनपुर, सुदुर पश्चिम प्रदेशको कञ्चनपुरमा एक युवकले धारिलो हतियार प्रहार गरी आंफ्नै कान्छी आमाको हत्या गरेका छन् भने दिदीलाई गम्भीर घाइते बनाएका छन्। दोधारा–चाँदनी नगरपालिका–४, माननीय चोकका ५५ वर्षीय हरिप्रसाद श्रेष्ठले ७० वर्षीया कान्छी आमा बिन्द्रा श्रेष्ठको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मङ्गलबार साँझ जग्गा सम्बन्धि विवादका क्रममा श्रेष्ठले आमामाथि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ  प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार श्रेष्ठले माइतीघरमा बस्दै आएकी ५० वर्षीया दिदी भगवतीदेवी माझीमाथि पनि खुकुरी प्रहार गरेका थिए।

प्रहारबाट उनको दाहिने हात र टाउकोमा गम्भीर चोट लागेकोले महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार, आमाको हत्या गरी फरार रहेका श्रेष्ठको खोजी भइरहेको छ। घटनाबारे सोधपुछका लागि सोही क्षेत्रका एक स्थानीयलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

४ चैत्र २०८२, बुधबार १२:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा