Play

सांसद बने श्रम संस्कृति पार्टीका अध्यक्ष ‘हर्क साङपाङ’, ३५ हजार बढी मतका साथ विजयी

गुरुकुल खबर


धरान, प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साङपाङ) निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार राईले ३५ हजार ७४१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २७ हजार २४९ मत ल्याइन् । राईले तामाङलाई ८ हजार ४९२ मतको अन्तरले पराजित गरेका हुन् ।

त्यस्तै नेकपा एमालेका टिकाराम लिम्बूले ६ हजार ३३१ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टीका मनोज भट्टराईले ६ हजार २५८ मत ल्याएका छन् । अन्य उम्मेदवारहरूमा नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७० मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले १ हजार ४१९ मत प्राप्त गरेका छन् ।

सुनसरी १ मा रहेका ४१ मतदानस्थल र १६१ मतदान केन्द्रमा मतदान भएको थियो । कुल १ लाख ५० हजार ३ सय ९३ मतदातामध्ये ८७ हजार ४ सय ७१ मत खसेको थियो, जुन करिब ५८ प्रतिशत हो । तीमध्ये ८२ हजार ९८२ मत सदर भएका थिए भने ४ हजार ४८९ मत बदर भएका थिए ।यो निर्वाचन क्षेत्रमा धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिकाका वडा नम्बर १ देखि ५ तथा रामधुनी नगरपालिकाका वडा नम्बर ६ र ७ समावेश छन् ।

धरानका पूर्वमेयर समेत रहेका हर्कराज राईले नेतृत्व गरेको श्रम संस्कृति पार्टी हालै गठन भएको नयाँ राजनीतिक शक्ति हो । जेनजी आन्दोलन पछि बनेको राजनीतिक माहोललाई आधार मानेर उनले १६ कात्तिक २०८२ मा यो पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए । पार्टीले ‘हर्कवाद’ नामक राजनीतिक अवधारणा अघि सारेको छ, जसले प्रकृति, संस्कृति र प्रविधिको सन्तुलनमा आधारित विकासलाई जोड दिन्छ । श्रमदान, श्रमको सम्मान र समुदायको सक्रिय सहभागितामार्फत विकास सम्भव हुने विश्वास यस विचारको केन्द्रमा रहेको पार्टीले जनाएको छ ।

धरानमा मेयर हुँदा हर्क साम्पाङले श्रमदान अभियानमार्फत पानी परियोजना र विभिन्न सामुदायिक कामहरू अघि बढाएका थिए । यही अभ्यास र विचारलाई विस्तार गर्दै उनले श्रम संस्कृति पार्टी स्थापना गरेका हुन् । २०८२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो पटक सहभागी भएको यो पार्टीले प्रत्यक्षतर्फ १२० क्षेत्रमा उम्मेदवार उठाएको थियो भने समानुपातिकतर्फ ११० जनाको बन्दसूची बुझाएको छ ।

खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई निर्वाचित भएका छन् ।निर्वाचन परिणाम अनुसार राईले १६ हजार ६१२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत पाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन् ।

२४ फाल्गुन २०८२, आईतवार १३:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा