पोखरा, बिहिबार सम्पन्न प्रतिनिधि सभाको निर्बाचन अन्तर्गत कास्की जिल्लाका तिनवटै क्षेत्रमा रास्वपाले फराकिलो अग्रता कायम गरेको छ। अहिलेको जस्तै अबस्थामा मतान्तर फराकिलो हुँदै गएमा रास्वपाले पाउने मत बराबर अन्य सबै उमेदवारको मत आउन समेत कठिन हुने देखिएको छ।
यहि अनुपातमा मत आएमा कास्कीका ३ वटै क्षेत्रमा रास्वपाले जित्ने सम्भावना देखिएको छ। तिनवटै क्षेत्रमा रास्वपा, कांग्रेस र एमाले बाहेकका अन्य दलको मत भने प्रतिष्पर्धा भन्दा निकै कम रहेको छ ।
कास्कीको रुपा गाउँपालिकामा १५ हजार ६११ मतदाता रहेकोमा ८७६० मत खसेको थियो त्यस मध्ये रास्वपाका गणेश पौडेल (घण्टी) ले ४ हजार ३३, नेपाली काँग्रेसका तिलक रानाभाट (रुख ) ले १ हजार ६६५ र नेकपा एमालेका बैनवहादुर क्षेत्री (सुर्य)ले २ हजार ३५३ तथा नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुड ( तारा)ले १८९ मत पाएका छन।
यस अगाडी ५ हजार १५० मत गन्दा रास्वपाका गणेश पौडेलले ३ हजार ३०६ मत पाएका छन। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका बैनबहादुर क्षेत्रीले १ हजार ४५५ र नेपाली कांग्रेसका तिलक रानाभाटले ९६७ मत मात्र प्राप्त गरेका छन। त्यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुंगले १०८ मत मात्र पाएका छन ।
यसैगरि कास्कीको निर्बाचन क्षेत्र न.२ मा पनि रास्वपाले फराकिलो अग्रता लिएको छ। यस क्षेत्रमा मा ९ हजार ५०५ मत गणना हुँदा रास्वपाका उत्तम पौडेलले ५ हजार १७०, नेकपा एमालेका रश्मि आचार्यले २ हजार १५३ र नेपाली काँग्रेसका माधव प्रसाद बाँस्तोलाले १ हजार ७५ मत पाएका छन ।
यस अगाडी ६ हजार १४१ मत गणना हुँदा रास्वपाका उमेदवार उत्तम पौडेलले ३०७०, नेकपा एमालेका उमेदवार रश्मि आचार्यले १ हजार ४१४ र नेपाली काँग्रेसका माधव प्रसाद बाँस्तोला मधुले ९३२ मत पाएका थिए एमालेका उमेदवार आचार्यको वडा पोखरा -३३ मा नै रास्वपाका उमेदवार पौडेलले फराकिलो अन्तर बनाएका थिए।
कास्की जिल्लाको निर्बाचन क्षेत्र न. ३ मा पनि अन्य क्षेत्रको जस्तै मत रास्वपाले पाएको छ। जसअनुसार कास्की- ३ मा ७ हजार २१२ मत गणना हुँदा रास्वपाका उमेदवार बिना गुरुंगले ३ हजर ८४२, नेपाली कांग्रसका मनोज गुरुंगले १ हजार ५५२ र नेकपा एमालेका दामोदर बैरागीले ९६३ मत पाएका छन। त्यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले १७५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन खनालले १८० मत पाएका छन
यस अगाडी त्यस क्षेत्रको ३ हजार ८८६ मत गणना हुँदा रास्वपाका उमेदवार बिना गुरुङले २ हजार ७४, नेपाली काँग्रेसका मनोज गुरुङले मनोज गुरुङ ८१३ र नेकपा एमालेका दामोदर बैरागीले ५०६ मत पाएका थिए ।
कास्कीका तिन निर्बाचन क्षेत्रमध्ये कास्की -१ लाई रास्वपाको बलियो क्षेत्र भनेर मानिएको भएपनि क्षेत्र न.२ लाई नेकपा एमालेले र क्षेत्र न. ३ लाई नेपाली काँग्रेसले जित्न सक्ने क्षेत्रको रुपमा धेरैले लिएका थिए। तर, मतगणनाको प्रारम्भिक परिणामले कास्कीका तिनवटै क्षेत्रमा रास्वपालाई बलियो राजनीतिक दलको रुपमा स्थापित गर्ने देखिएको छ ।















