Play

दक्षिण इरानको एक बिधालयमा बिष्फोट, कम्तिमा १०८ जनाको मृत्यु

गुरुकुल खबर


दक्षिणी इरानस्थित एक विद्यालयमा भएको विस्फोटमा कम्तीमा १०८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो घटना अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण सुरु गरेको समयमा भएको बताइएको छ। विद्यालय इरानको रिभोल्युशनरी गार्ड कोप्र्स (आईआरजीसी) को एक आधार नजिकै अवस्थित रहेको र सो क्षेत्र हालै आक्रमणको निशानामा परेको उल्लेख गरिएको छ ।

इरानका राष्ट्रपति मसुद पेजेशकियानले उक्त घटनालाई “अमानवीय कार्य” भन्दै “आक्रमणकारीहरूले गरेका असंख्य अपराधहरूको अर्को कालो अध्याय” भएको प्रतिक्रिया दिएका छन् । यद्यपि, विद्यालयमाथि आक्रमण गरिएको विषयमा अमेरिका र इजरायल दुवै देशले आधिकारिक रूपमा पुष्टि गरेका छैनन् ।

इरानी रेड क्रिसेन्टका अनुसार देशभर भएका हवाई आक्रमणमा हालसम्म कम्तीमा २०१ जनाको मृत्यु भएको छ भने ७४७ जना घाइते भएका छन् ।

घटनाबारे थप विवरण आउने क्रम जारी रहेको छ ।

१७ फाल्गुन २०८२, आईतवार १६:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा