Play

कर्णालीमा रास्वपालाई धक्का, प्रदेश महामन्त्री चन्द्रा र सुर्खेतका कार्यवाहक सभापति बस्नेत कांग्रेसमा प्रवेश

गुरुकुल खबर


सुर्खेत, प्रतिनिधि सभा सदस्य निर्वाचन निजिकिँदै गर्दा नेपाली कांग्रेस प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । विभिन्न पार्टी परित्याग गरेर पुरानो पार्टी कांग्रेसमा प्रवेश गर्नेको संख्या बढ्दै गएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)कर्णाली प्रदेशकी महामन्त्री चन्द्रा बिक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूसँगै रास्वपाका कार्यकर्ता पनि कांग्रेसमा आएका छन् ।

कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा उनीहरूसँगै रास्वपा छाडेका दर्जनौँ व्यक्तिलाई खादा मालाले स्वागत गरे । पछिल्लो समय रास्वपा छाडेर कांग्रेस प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

रास्वापाले प्राथमिक चुनावमा ५० हजार रुपैयाँ, प्रत्यक्ष निर्वाचनमा २५ हजार रुपियाँ लगेको तर यसको लेखाजोखा प्रदेश र जिल्लाले नदेखाएको महामन्त्री विकको आरोप छ । रास्वपा बनाउँछौ भनेर आएका व्यक्तिलाई आत्मग्लानि भएर पुरानै पार्टीमा फर्कनु परेको उनले जानकारी दिइन्।

प्रदेशकै महामन्त्रीसँगै प्रदेश राजधानीका कार्यवाहक सभापति कांग्रेस प्रवेश गरेपछि चुनावको मुखमा रास्वपालाई ठूलो धक्का पुगेको छ । शुक्रबार रातिमात्र अग्रज नेता डा पुष्प खरालले रास्वपाबाट राजीनामा दिएका थिए ।

१७ फाल्गुन २०८२, आईतवार ०९:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा