पोखरा, काठमाडौँमा रहेर लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका ललितपुर निबासी विश्वराज खनाललाई पितृशोक परेको छ । खनालका बुवा धार्मिक एबम सामाजिक व्यक्तित्व ओजराज खनालको ८९ बर्षको उमेरमा यहि फागुन ११ गते निधन भएको हो । तनहुँ जिल्लाको चिसापानीमा घर भएपनि केहि बर्षदेखी उनि चितवनमा बस्दै आएका उनि केहि समयदेखि दमको बिरामी थिए ।
स्व खनालकी एक श्रीमती राधदेबी खनाल र चार छोराहरु रहेका छन होमनाथ , रघुनाथ, श्रीभद्र र विश्वराज खनाल गरि चार छोरा रहेकोमा कान्छा छोरा विश्वराज खनाल शब्द पाटी अनलाइनको संचालक एबम प्रधान सम्पादक समेत हुन् । उनले लामो समय अन्नपुर्ण पोस्टमा डेस्क सम्पादकको रुपमा काम गरेका थिए ।
यसैगरी कान्छी बुहारी रमा लुइंटेल खनाल पनि लामो समयदेखि पत्रकारिता र प्राध्यापनमा संलग्न छन । ललितपुर निबासी उनि शब्द पाटी अनलाइनको सम्पादक एबम नेपाल प्रेस युनियनको केन्द्रिय सदस्य समेत हुन । उनि केहि बर्ष देखि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबू महर्जनको प्रेस संयोजकको रुपमा समेत कार्यरत छन ।















