काठमाडौँ, इरान–इजरायल तनावका कारण कतारको राजधानी दोहाको आकाशमा दिनभरि विस्फोटका शृङ्खलाबद्ध बिस्फोटहरु भएपछि कतार सरकारले अर्को सूचना जारी नभएसम्मका लागि सबै सार्वजनिक कार्यक्रमहरूमाथि प्रतिबन्ध लगाएको जनाएको छ । कतार सरकारले होटल तथा पर्यटकीय स्थलहरूमा हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम, भेला र मनोरञ्जनात्मक गतिविधिहरू तत्कालका लागि स्थगित गर्ने घोषणा गरेको हो ।
कतार लगायतका मध्यपूर्वका बिभिन्न स्थानमा भएको आक्रमणको कारण ठुलो संख्यामा मानिसहरुको मृत्यु भएको अनुमान गरिएको छ । यसका साथै, रमजान महिनाको अवसरमा होटल र पर्यटकीय स्थलहरूले कम्पनी, सरकारी निकाय तथा सर्वसाधारणका लागि आयोजना गर्ने रमजान टेन्ट र इफ्तार कार्यक्रमहरू पनि पूर्ण रूपमा बन्द गरिएका छन् । यो निर्णय अर्को सूचना जारी नभएसम्मका लागि लागू हुनेछ ।
हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका १८ भन्दा बढी अन्तर्राष्ट्रिय उडान रद्द भएको बताइएको छ । सारजहा, दोहा, दुबई, कुवेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

उनले भने, ‘शारजहा, दोहा, दुबई, कुबेतसिटी, आबुधाबी, कतार र कतार विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन् । उडानहरू कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने छ ।’ उनका अनुसार सारजहा, दोहा, दुबई, कुवेतसिटी, अबुधाबी, कतार र कतार विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन् ।
उडानहरु कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि मात्र जानकारी गराइने भएको बुझिएको छ । काठमाडौँबाट बाहिरिने यात्रुहरुको कारण विमानस्थलमा चाप बढेको छ जसका कारण यात्रुहरु अलपत्र परेका छन। काठमाडौँबाट उड्ने विमानको टुंगो नलागेको कारण विमानस्थलमा उडानको लागि जानुभन्दा अगाडि नै सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ ।

अहिले चालिएको कदम अमेरिकी नागरिकको रक्षाको लागि- अमेरिकी राष्ट्रपति ट्रम्प
यता, इजरायलले इरानमाथि मिसाइल प्रहार गरेको पुष्टि गरिसकेको छ भने अमेरिकी अधिकारीहरूले पनि यसमा आफ्नो प्रत्यक्ष सहभागिता रहेको जनाएका छन्। इरानको राजधानी तेहरानमा श्रृङ्खलाबद्ध ठूला विस्फोटका आवाजहरू सुनिएका छन्। यसैबिच, इजरायली रक्षामन्त्री इजरायल काट्जले यसलाई पूर्व-सतर्कता आक्रमण भन्दै सम्भावित जवाफी हमलालाई मध्यनजर गर्दै इजरायलभर संकटकालको घोषणा गरेका छन्।
इरान – इजरायलबीचको युद्धले विश्व अर्थतन्त्रमा असर पर्ने सम्भावना
मध्यपूर्वमा इरान र इजरायलबिच सुरु भएको युद्धको असर विश्व अर्थतन्त्रमा पर्ने देखिएको छ । तेल आयात, व्यापार, सेयर बजार, सुनचाँदीको मूल्य र महँगीमा पनि स्पष्ट रूपमा पर्ने भएको छ । इरान र ओमानको बिचमा अवस्थित होर्मुज स्ट्रेट विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्ग हो । छिमेकी राष्ट्र भारतले लगभग ५० प्रतिशत कच्चा तेल साउदी अरब, इराक र यूएईजस्ता देशहरूबाट यही मार्ग हुँदै मगाउँछ ।
तथ्यांक अनुसार भारतलाई हरेक महिना आउने तेल आपूर्तिको करिब आधा हिस्सा यही रुटबाट आउँछ । यदि इजरायलले इरानका तेल भण्डारमा आक्रमण गरे वा इरानले यो बाटो बन्द गरे भारतको आधाभन्दा बढी मासिक तेल आपूर्ति पूर्ण रूपमा ठप्प हुनेछ, जसको सीधा असर नेपालसम्म पर्ने निश्चित छ ।
तेलको साथै गैरतेल निर्यातमा पनि संकट
तेल मात्र होइन, भारतको गैरतेल निर्यात पनि यो युद्धबाट गम्भीर रूपमा प्रभावित हुन सक्ने भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् । एक प्रतिवेदनअनुसार भारतको कुल गैरतेल निर्यातको १० प्रतिशतभन्दा बढी हिस्सा होर्मुज स्ट्रेटको बाटो हुँदै जान्छ । यसमा बासमती चामल, चिया, मसला, ताजा फलफूल, तरकारी र इन्जिनियरिङ सामान जस्ता महत्त्वपूर्ण उत्पादनहरू समावेश छन् ।
पश्चिम एसियाका देशहरू (६ अरब राष्ट्र) लाई हुने अधिकांश निर्यात यही रुटबाट हुन्छ । यदि यो मार्ग बन्द हुन्छ वा सामान ढुवानी महँगो हुन्छ भने भारतीय निर्यातकर्ताहरूको लागत बढ्नेछ, जसले गर्दा वैश्विक बजारमा भारतीय सामानको प्रतिस्पर्धा कम हुनेछ ।
कच्चा तेलको मूल्यमा उछाल र सेयर बजारमा गिरावटको डर
भारतीय सेयर बजारका लागि कच्चा तेल सधैँदेखि एक संवेदनशील कारक रहिआएको छ । विज्ञहरूको भनाइअनुसार यदि इरान–इजरायल तनावका कारण ब्रेन्ट क्रूडको मूल्य ८०–८५ डलर प्रति ब्यारेलभन्दा माथि गए भारतीय सेयर बजारमा ठुलो गिरावट देखिन सक्छ । शुक्रबार ब्रेन्ट क्रूड तेलको मूल्य २.८७५ बढेर ७२.८७ डलर प्रतिब्यारेलमा पुगेको थियो ।
पेन्ट, टायर, एभिएसन र लजिस्टिकजस्ता क्षेत्रहरू, जो कच्चा तेलमा अत्यधिक निर्भर छन्, तिनीहरूको मार्जिनमा सीधा असर पर्नेछ । विदेशी संस्थागत लगानीकर्ताहरू पहिल्यैदेखि भारतीय बजारबाट पैसा निकालिरहेका छन्, यस्तो अवस्थामा यो भू–राजनीतिक तनाव अझ बढ्नेछ ।
सुन–चाँदीको मूल्यमा आउन सक्छ उछाल
जब वैश्विक स्तरमा तनाव र अनिश्चितताको माहोल हुन्छ, तब लगानीकर्ताहरू इक्विटी बजारबाट पैसा निकालेर सुन र चाँदीजस्ता सुरक्षित लगानी विकल्पहरूतिर लाग्न सक्छन् । कमोडिटी विज्ञहरूका अनुसार इरान–इजरायल युद्धका कारण सुनचाँदीको मूल्य नयाँ उचाइमा पुग्न सक्छ ।
यदि अमेरिका यस युद्धमा सीधा रूपमा सामेल छ भने डलरको तुलनामा सुनको माग अझ बढ्नेछ । चाँदीको औद्योगिक र लगानी माग दुवैमा पनि तीव्रता आउने अपेक्षा गरिएको छ, जसले गर्दा अबका दिनहरूमा लगानीकर्ताहरूका लागि राम्रो प्रतिफलको माध्यम बन्न सक्छ ।
उपभोग्य बस्तुको महंगी बढें सम्भावना
कच्चा तेल महँगो भए यातायात लागत बढ्नेछ, जसको सीधा असर फलफूल, तरकारी र अन्य आवश्यक सामानहरूको मूल्यमा पर्नेछ । यसले खुद्रा महँगी दरमा वृद्धि हुन सक्छ, जसले गर्दा आम जनताको खल्तीमा सीधा भार पर्नेछ । यसैबिच, शनिबार बिहान इजरायलले इरानको राजधानी तेहरान सहित धेरै सहरहरूमा आक्रमण गरेको छ ।
इर्ना समाचार एजेन्सीका अनुसार यी आक्रमणहरूमा दक्षिणी इरानमा ४० छात्राहरूको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । यसको जवाफमा इरानले पनि इजरायलमा जवाफी हमला सुरु गरेको छ । इरानले पनि प्रतिशोधस्वरूप करिब ४०० मिसाइल प्रहार गरेको छ । दुवै देशबिच तनावको यो बढ्दो स्तर विश्वव्यापी शान्ति र स्थिरताका लागि चिन्ताको विषय बनेको छ ।

















