Play

आसन्न चुनाबमा रुख चिन्हमा मतदान गरेर कांग्रेसलाई जिताउन देउवाको निर्देशन

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको पक्षमा लागेर सबै उम्मेदवार लाई जिताउन निर्देशन दिएका छन् । उनलाई भेट्न जाने उनी निकटका अधिकांश नेता कार्यकर्तालाई फागुन २१ गते हुने निर्वाचनमा रूख चिन्हमा मतदान गर्ने वातावरण बनाएर कांग्रेसका पक्षमा परिणाम ल्याउन स्पष्ट निर्देशन दिएको नेपाली काँग्रेसका निबर्तमान मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

देउवाले पार्टीभित्र फैलाइएका भ्रम, आशंका र टिप्पणीलाई अस्वीकार गर्दै आफू कांग्रेस जिताउने अभियानबाट अविचलित रहेको सन्देश दिएको कांग्रेस पार्टी कार्यालयका राष्ट्रिय सभाका सदस्य समेत रहेका पौडेलले बताए । पौडेलले निवर्तमान सभापति देउवाले पार्टीका पक्षमा लागेर कांग्रेसका उम्मेदवारलाई जिताउन सबैलाई निर्देशन दिएको बताएका हुन् ।

‘शेरबहादुर दाइकोमा हरेक दिन नै एक/डेढ सय नेता–कार्यकर्ता आउँथे’, नेता पौडेलले भने, ‘उनीहरूलाई तिमीहरू गाउँ जाऊ, कांग्रेसलाई जिताउन लाग भनेर निर्देशन दिइरहेका छन् । प्रत्यक्ष भेटमा उनले दायाँ–बायाँ नलागी कांग्रेसको पक्षमा परिणाम सुनिश्चित गर्न भन्दै आएका छन् ।’ देउवाले कांग्रेसबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका कमलबहादुर शाहलाई समेत स्पष्ट निर्देशन दिँदै आफ्नो प्रदेशसहित देशभर कांग्रेसलाई जिताउन सक्रिय भूमिका खेल्न भनेको समेत नेता पौडेलले जानकारी दिए ।

दुई कार्यकाल कांग्रेसको सभापति रहिसकेका देउवाले औपचारिक रूपमा लिखित वा मौखिक अपील जारी गर्ने–नगर्ने विषय टुङ्गो नलागे पनि आन्तरिक रूपमा सबै तहका नेता–कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गरिसकेको पौडेलले बताए । उपचारका लागि सिंगापुर जानुअघिसम्म उनले हजारौँ नेता–कार्यकर्तालाई कांग्रेसका उम्मेदवार जिताउन केन्द्रित भएर लाग्न निर्देशन दिएका हुन् । जेन-जी आन्दोलनपछि सार्वजनिक रूपमा राजनीतिक कार्यक्रममा सहभागी नभए पनि देउवा निवासमा दैनिक सय भन्दा बढी कार्यकर्ता भेटघाटमा जाने गरेको देउवा निकटका नेताहरूले दाबी गरेका छन् ।

भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा आफ्नै निवासमा आक्रमण भएपछि नियमित स्वास्थ्य उपचारका लागि उनी सिंगापुर जाने आउने गरिरहेका छन् । पछिल्लो दुई दिनअघि देउवा चिकित्सकको सल्लाह बमोजिम पत्नी आरजू राणासँगै सिंगापुर गएका छन् । निवासमा उनले आफू निकटका नेता कार्यकर्तासँग नियमित भेटघाट गर्ने र निर्वाचनमा कांग्रेसका पक्षमा माहोल तयार गर्न निर्देशन दिने गरेको देउवा निकटका नेताहरूले दाबी छ ।

फागुन २१ नजिकिँदै गर्दा देउवा सिंगापुर प्रस्थान गरेपछि विशेष महाधिवेशनको तुष बाँकी राखेको हो कि भन्ने अनुमान भइरहँदा देउवाको यस्तो सन्देश आएको हो । उनले व्यक्तिगत उपचारका कारण बाहिर जानु परेको भए पनि पार्टीको चुनावी अभियानलाई तीव्र बनाउन निरन्तर जोड दिएको नेता पौडेलले दाबी गरे । देउवा केही दिनमै फर्कने तालिका बनाएर उपचारका लागि सिंगापुर गएको बताइएको छ । देउवाको रक्तचाप बढेकाले स्वास्थ्य जाँच र उपचार अपरिहार्य बनेको पौडेलले जानकारी दिएका छन् ।

१६ फाल्गुन २०८२, शनिबार २३:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा