Play

प्रगतिशील साहित्यकार सुरज उपाध्यायलाई पितृशोक

गुरुकुल खबर


पोखरा, साहित्यकार सुरज उपाध्यायलाई पितृशोक परेको छ । उपाध्यायका ७५ वर्षीय पिता शङ्कर उपाध्यायको शुक्रवार बिहान हृदयघातका कारण निधन भएको हो । केही समयअगि क्यान्सरका कारण थलिएका उपाध्याय शल्यक्रियापछि स्वास्थ्य लाभ गरी फेदीखोला-२, चनौटे, स्याङ्जामा बस्दै आएका थिए ।

हाल सामान्य स्वास्थ्य अवस्था भएका उनी शुक्रवार बिहान घरायसी नियमित काम सकेपछि एक्कासि ढल्न पुगेका थिए । उनलाई पोखरास्थित गण्डकी मेडिकल कलेजमा ल्याइए पनि चिकित्सकले हृदयघातका कारण निधन भएको जानकारी दिएका थिए ।

२००८ साल मङ्सिर १६ गते जन्मेका उपाध्याय ४० वर्षसम्म विभिन्न विद्यालयमा अध्यापन गरी निवृत्त भएका शिक्षक हुन् । उपाध्यायका जेठा छोरा सुरज साहित्यिक क्षेत्रमा क्रियाशील छन् । विशेष गरी बालसाहित्यमा क्रियाशील सुरजका ‘चिल उड्यो आकाशमा’, ‘साइकल’ र ‘बाबा कतारमा आमा हतारमा’ गरी ३ बालकविता सङ्ग्रह तथा ‘तिम्रो मन फर्किएन’ नामक गजल सङ्ग्रह प्रकाशित छन् ।

उनी प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशका सचिवालय सदस्य तथा गीतकार प्रतिष्ठानका सदस्य हुन् । स्व. उपाध्यायका सुरजसहित सन्तोष र रेशम गरी ३ छोरा, १ छोरी र श्रीमती छन् ।

८ फाल्गुन २०८२, शुक्रबार १८:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा