Play

दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन र पक्राउ गर्नुको कारण पेश गर्न आदेश

गुरुकुल खबर


काठमाडौँ, निर्बाचन बिरोधि अभिव्यक्ति दिएर निर्बाचन बिथोल्न लागेको आरोपमा पक्राउ गरिएका मेडिकल ब्यबसायी एबम हिन्दुराष्ट्र र राजाको पक्षमा बोल्दै आएका दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतलेन शुक्रबार आदेश दिएको छ ।  प्रसाईंको पक्षबाट परेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

अदालतले प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ । दुर्गा प्रसाईको हकमा उमा प्रसाईले बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् । प्रकाउ पर्नुअघि  प्रसाईंले आफूलाई प्रहरीले धरपकड गरेको र गिरफ्तार गर्न खोजेको भन्दै प्रहरी परिसर काठमाडौँलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका थिए ।  प्रसाईंले दिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सोमबार उनी पक्राउ परेका थिए

यसअघि माघ २३ मा पनि पक्राउ परेका  प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो । प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंका प्रहरीले उनलाई पटक पटक पक्राउ गर्दै आएको छ । माघ ५ मा पनि पोखराबाट पक्राउ परेका  प्रसाईंसँग प्रहरीले बयान लिएर छाडेको थियो ।

८ फाल्गुन २०८२, शुक्रबार १७:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा