Play

तनहुँका मतदाता भन्छन ‘राष्ट्रपतिका उत्तराधिकारी अनि गगन र विश्वप्रकाशलाई डोर्‍याउने अनुभवी नेता गोबिन्द’

गुरुकुल खबर


दमौली (तनहुँ), तनहुँ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेका बेला नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईको पक्षमा मतदाता आकर्षित देखिएका छन। राष्ट्रपति रामचन्द्र पौडेलको जन्मगाउँ व्यास नगरपालिका–८ रिस्तीदेखि व्यास–७ को बानियाँ गाउँसम्म पुग्दा मतदाताहरूले भट्टराईलाई राष्ट्रपतिको ‘सच्चा राजनीतिक उत्तराधिकारी’ र देश हाक्ने सामर्थ्य भएको नेताको रूपमा चित्रण गरेका छन्।

बिहीबार रिस्तीमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले राष्ट्रपतिले सुरु गर्नुभएका जति पनि अधुरा योजना र सपनाहरू छन्, ती सबैलाई पूर्णता दिने जिम्मेवारी अब आफ्नो काँधमा आएको बताए । उनले सामाजिक सञ्जालको क्षणिक प्रभाव र लहरमा लागेर भ्रममा नपर्न आग्रह गर्दै अहिलेको काँग्रेस गगन थापा जस्तो खारिएको र परिपक्व नेताको नेतृत्वमा अघि बढेको उल्लेख गरे। चार पटक सांसद र मन्त्री भइसकेका गगन थापा अब प्रधानमन्त्री बनेर देशलाई कुशलतापूर्वक हाँक्ने तयारीमा रहेको बताउँदै भट्टराईले संकटमा काम गर्न सक्ने परिपक्व  पार्टी काँग्रेस नै भएको दाबी गरे।

भट्टराईको चुनावी अभियानका क्रममा व्यास नगरपालिका–७, बानियाँ गाउँमा पुग्दा स्थानीय नवराज बानियाँले गोविन्द भट्टराई केवल एउटा उम्मेदवार मात्र नभएर राष्ट्रपतिको उत्तराधिकारी र केन्द्रीय राजनीतिको मियो भएको बताए । बानियाँले अहिले देशले आशा गरेका युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्मालाई राजनीतिमा डोर्‍याउन र स्थापित गर्न भट्टराईको ठुलो योगदान रहेको स्मरण गरेका थिए। त्यस्तै नेपाली काँग्रेस व्यास–७ का वडा सचिव विनोद गोशलीले राष्ट्रपति रामचन्द्र पौडेल पछिको तनहुँको रिक्तता पुरा गर्ने एकमात्र विकासप्रेमी नेता गोविन्द भट्टराई नै भएको उल्लेख गरे।

कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता नविनराज पौडेलले विकासको फेहरिस्त प्रस्तुत गर्दै रिस्ती–पाउँदी करिडोरका लागि १६ करोड रुपैयाँ विनियोजन भएको र स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न हुन लागेको जानकारी दिए।  विपक्षीहरुले”केही भएन” भन्ने भ्रमको खण्डन गर्दै विगतमा ८० प्रतिशत मत पाएको काँग्रेसले यसपटक त्यसलाई ९० प्रतिशत पुर्‍याएर भट्टराईलाई विजयी गराउने बिश्वास व्यक्त गरे। रिस्तीका मतदाताहरूले पनि राष्ट्रपतिको गाउँको साख जोगाउन र विकासको लहरलाई कायम राख्न भट्टराईलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका छन्।

७ फाल्गुन २०८२, बिहीबार २१:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा